arrow

डा. केसीको अनसन तोडाउन प्रचण्ड पहल गर्दै, देउवा ताल मिलाउँदै !

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
PM-_baluwatar.jpg

काठमाडौं । डा. गोविन्द केसीको अनसन तोडाउन सरकारी वार्ता टोलीको बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सचिव किरण रेग्मी र सरकारी वार्ता टोलीका सदस्य सहभागि छन् ।

बैठक पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा बसेको उनको निजी सचिवालयले जनाएको छ । यसअघि शनिबार साँझ प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी ओली सहितको बैठकले डा. केसीलाई अनसन तोड्न आग्रह गरेको थियो । यद्यपि, केसीले माथेमा कार्यदलको सुझाव र आफ्ना माग अनुसार अझै सरकारले काम नगरेको भन्दै अनसन तोड्न अस्वीकार गरे ।

सरकारी वार्ता टोली र केसीको वार्ता टोलीबीचका पटक–पटकका वार्ता उपलब्धिहिन भएका छन् । केसी अनसन बसेको आइतबार २१ दिन पुगेको छ । ११औँ पटक अनसन बसेका केसीको यो सबै भन्दा लामो अनसन भएको छ । यसअघि केसीले १० औँ अनसन १९ दिनमा तोडेका थिए ।

केसीको स्वास्थ्य अवस्था निकै जटिल रहेको र जुनसुकै बेला जे पनि हुनसक्ने चिकित्सकहरुले बताएका छन् । डा. केसीले आफ्नो मागलाई समर्थन गरेर आन्दोलित भएका चिकित्सकहरुलाई भने तत्काल विरोधका कार्यक्रम रोकेर बाढी र पहिरो प्रभावित क्षेत्रमा खटिन भनिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ