arrow

ढुङ्गा झरेपछि बस दुर्घटना, एकको मृत्यु

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
dang_district_map.png

तुलसीपुर । रुकुमबाट दाङ, तुलसीपुर आउँदै गरेको यात्रु बस तुलसीपुर उपमहानगरपालिकाको रामरी भन्ने ठाउँमा पहिरोमा पर्दा एक जनाको मृत्यु भएको छ ।

सल्यान–रुकुम यातायात प्रालिद्वारा सञ्चालित सो बस गुडिरहेको अवस्थामा सडक माथिबाट ठूलो ढुङ्गा झरेपछि एक पुरुषको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता भुवनेश्वर पौडेलले जानकारी दिए । मृतकको पहिचान भएको छैन ।

घटनामा घाइते भएका सात जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको जनाइएको छ

खोलाले बगाउँदा मृत्यु
तुलसीपुर–घोराही सडकखण्डमा पर्ने हापुर खोलाले बगाउँदा घोराही उपमहानगरपालिका –१२ बस्ने ३३ वर्षीया निर्मला बाठा मगरको  मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता पौडेलका अनुसार माइत जान हिंडेकी मगरलाई खोला तर्नेक्रममा बगाएको हो । यो सडक खण्डको जँघारबाट करिब २०० मिटर तल उनको शव फेला परेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ