arrow

हेटौंडासम्म आइपुग्यो बाढीको विध्वंश

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ साउन २९ आइतबार
badhi_hetauda.jpg

हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका अम्बासबेसीमा पहिरोले घरसंगै एकै परिवारका ७ जनालाई बगाएको छ । पहिरोले घरसहित परिवारलार्इ बगाएर तलको सेरु खोलामा पु¥याएको हो ।

बगाएर बेपत्ता हुनेमा ५० वर्षिय मंगलसिंह न्यासुर, उनकी ४८ वर्षीया श्रीमती सुनमाया, छोरीहरु २४ वर्षीया माया, १२ वर्षीया हिरा, १० वर्षीया सानुमाया, ८ वर्षीया पाल्मो र २ वर्षीय छोरा विकास रहेका छन् । उनीहरुको स्थानीयले खोजी जारी राखेको स्थानीय बुद्ध लामाले बताए । पहिरोले गोठसंगै  ४ वटा भैसी, १ हल गोरुसहित कुखुरा, बाख्रा पनि बगाएको छ । अम्बासमा अन्य घरहरु पनि जोखिममा रहेको स्थानीय सन्तबहादुर भोलनले जानकारी दिए।

बकैया–३ जलजलेमा एक महिला र एक पुरुषलाई खोलाले बगाएको मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताए । उनका अनुसार बकैंया–६ मा ४२ बर्षिय विरबहादुर घलानलाई पनि खोलाले बगाएको छ । प्राकृतिक प्रकोपले असर गरेका क्षेत्रमा जिल्ला र नजिकका क्षेत्रका प्रहरी युनिटको टोली परिचालन गरिएको एसपी खनालले बताए।

उता, पश्चिमी मकवानपुरको राक्सिराङान पनि खोला र पहिरोले धेरै घरमा क्षति पु¥याएको राक्सिराङ वडा नम्बर १ का अध्यक्ष कान्छाराम रुम्बाले बताए। उनका अनुसार मछेडीमा रहेका १८ वटा पसलमध्ये ६ वटालाई खोलाले बगाएको छ । भने बाँकीलाई पुरेको छ । ज्यामिरेमा नवराज रुम्बाको घर पुरिएको छ । सानोभावरमा जोगमान थिङको घर बगाएको, विजय मोक्तान र प्रदीप मोक्तानको घर पुरिएको रुम्बाको भनाई छ ।

मकवानपुरका सदरमुकाम हेटौँडाबाट ग्रामिण भेगमा जाने सडक अवरुद्ध भएका छन् । चुरे र महाभारत पहाडबाट बग्ने खोला र खहरेका कारण सडक अवरुद्ध भएको हो । विद्युत सुविधा पनि सदरमुकाम हेटौँडामा मात्रै रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ