arrow

रौतहटका सबै गाउँको सदरमुकाम गौरसँग जोड्ने सडक भत्कियो  

राजमार्ग पनि अवरुद्ध, नौ जनाको मृत्यु, ६ जना बेपत्ता

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
badhi_hetauda.jpg

काठमाडौं । रौतहटको सबै गाउँपालिका सदरमुकाम गौरसँगको सडक सम्बन्धसँग छुट्टिएका छन् । तीनदिनदेखिको अविरल वर्षका कारण पूरै तराई जलमग्न बनिरहेको बेला त्यही बाढीले सडक कटान गर्दा सबै गाउँबाट सदरमुकाम गौर जाने मोटरबाटो भत्किएको हो । 

रौतहटका स्थानीय पत्रकार सञ्जय कार्कीका अनुसार अहिले रौतहटका ८० प्रतिशत भूभागमा ५ फिट भन्दा माथिसम्म पानी आईपुगेको छ । बाढीले रौतहट र सर्लाही जोड्ने धन्सारपुरको दक्षिण तर्फ कटान गर्दा राजमार्ग अवरुद्ध बन्न पुगेको छ । सदरमुकाम गौर जाने बृन्दावन गाउँपालिकाको सर्वथा भन्ने स्थानमा ३० मिटर कटान हुँदा गौरजाने बाटो पनि बन्द भएको छ । 

अहिले रौतहटका सबै गाउँपालिका तथा नगरपालिकाहरुमा विद्युत तथा टेलिफोन काटिएको छ । 

नौ जनाको मृत्यु, ६ जना बेपत्ता 
त्यस्तै, भीषणबाढीकाट अहिलेसम्म कूल नौ जनाको ज्यान गईसकेको रौतहट प्रशासनले जनाएको छ । बाढीमा परी ६ जना बेपत्ता भएको छ । यसरी ज्यान जानेमा एउटै परिवारका ६ जना सहित गर्भवती रहेकी शर्मिला यादव, उनका श्रीमान् चन्दन यादव, उनकी आमा सुमित्रा देवी, भाउजु ललिता देवी, भतिजा सरोज यादव र छोटु कुमारी यादवको राजपुर फरहदवा गाउँपालिका स्थित इलाका प्रहरी कार्यालयमा ज्यान गएको हो । 

त्यस्तै, ज्यान जानेमा अन्य देवाहीगोनाई गाउँपालिकाकी जगियादेवी, दूर्गा भगवती गाउँपालिकाकी कोशिलादेवी र इषानाथ गाउँपालिकाका शशिन देवानको ज्यान गएको छ । अहिलेसम्म ६ जना बेपत्ता भएको बताईएको छ । यद्यपि उनीहरुको नाम यकीन हुन सकिरहेको छैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ