arrow

जनकपुरका ६० प्रतिशत बस्ती जलमग्न, एकको मृत्यु, १२ सय ३२ घर डुबानमा  

logo
राजन कुमार सिंह
प्रकाशित २०७४ साउन २९ आइतबार
badhi_janakpur1.jpg

जनकपुर । लगातार पाँच दिनदेखि परेको अविरल वर्षा पछि धनुषाको चारनाथ र मणियारी नदीमा आएको बाढीका कारण धनुषामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा चारनाथ नगरपालिका वडा नं. १ फुलबरियाका २२ वर्षीय राजाराम यादब रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

त्यसै गरी बेपता हुनेमा नगराईन नगरपालिका वडा नं. ४ गुरगुर राउतको अन्दाजी १२ वर्षीय बालिका रहेको छ । बाढीका कारण धनुषाको जनकपुर उपमहानगरपालिकासहित ग्रामीण भेगका १२ सय ३२ घर डुबानमा रहेको छ । भने ८५ घरमा बाढीले क्षति पुर्याएको छ । 

बाढीमा परेका ७० जनालाई प्रहरीले उद्धार गरी सुरक्षित ठाउंमा पुर्याएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापाँगाईले जानकारी दिए । बाढीका कारण जनकपुर उपमहानगरपालिकाको ६० प्रतिशत बसोबास क्षेत्रमा बाढीको पानी छिरेपछि जनजीवन कष्टकर बनेको छ । बजार क्षेत्रमा पसलहरु बन्द देखिएका छन भने सर्वसाधारणको आवत जावतमा समस्या उत्पन्न भएको छ । 

जनकपुरको भानु चोक, शिव चोक, जनक चोक, मिल्स एरिया, पुल चोक, वकिल टोल लगायतको क्षेत्रमा एक फिटभन्दा बढी पानी सडकमा जमेको छ । नगर क्षेत्र जलमग्न भएपछि नेपाल टेलिकम जनकपुर शाखाको ग्रामीण क्षेत्रमा राखिएको दश वटा बेस स्टेशन ट्रान्समिटरमा खराबी आएपछि ग्रामीण क्षेत्रमा सञ्चार समेत अवरुद्ध भएको छ भने बिहानैदेखि जनकपुर उपमहानगरपालिकासहित ग्रामीण क्षेत्रमा विद्युत आपुर्ती समेत ठप्प भएको छ । 

मौसममा सुधार नआएपछि दुई दिनको लागि जिल्लाका सम्पुर्ण शैक्षिक संस्था बन्द गरिएको जिल्ला शिक्षा कार्यालय धनुषाका उप—शिक्षा अधिकारी दानीकान्त झाले जानकारी दिनुभयो । यता दैवी प्रकोप उद्धार समिति धनुषाको आज बसेको बैठकले  बाढीबाट पिडित भएकाहरुलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याउन र राहतको वितरण कार्यलाई तीव्रता दिन जनकपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघ संस्था रहने गरी समिति समेत गठन गरिएको छ ।    
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ