arrow

जिसस बैतडीमा काँग्रेस माओवादी केन्द्र गठबन्धन विजयी

logo
प्रकाशित २०७४ साउन ३० सोमबार
Baitadi_District.png

बैतडी । जिल्ला समन्वय समिति बैतडीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ । 

जिल्ला समन्वय समितिको संयोजकमा काँग्रेसका सिद्धराज भट्ट र दलित तथा अल्पसङ्ख्यक सदस्यमा काँग्रेसका टेक लुहार गत २३ गते नै निर्विरोध निर्वाचित भए पनि अन्य पदका लागि आइतबार चुनाव भएको हो । 

आइतबार भएको निर्वाचनमा उपसंयोजकमा नेकपा माओवादी केन्द्रबाट धनबहादुर बोहरा, तीनजना खुला सदस्यमा काँग्रेसका तर्फबाट रमेशबहादुर बोहरा, लालबहादुर चन्द र जगुवा भण्डारी विजयी भएका छन् भने महिला सदस्यका लागि नेपाली काँग्रेसका हरु जोशी , गीता जोशी तथा नेकपा माओवादी केन्द्रकी कुमारी हेमा भट्ट कपाडी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नेपाली काँग्रेस र माओवादी केन्द्र मिलेर २० मतमध्ये १२ मत र एमालेसँग आठ मत थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ