arrow

डोक्लाम विवादमा चीनद्वारा भारतसँगको शान्तिवार्ता बहिस्कार  

logo
प्रकाशित २०७४ साउन ३० सोमबार
india_sikkim_china.jpg

काठमाडौं। डोक्लाम विवादलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि बोलाईएको बैठक चिनले बहिस्कार गरेको सूचना प्राप्त भएको छ। नाथुला पासमा भारतीय सेना तथा चिनियाँ सेनाबीच बोलाईएको शुक्रबारको लागि बोलाईएको बैठक बस्न सकेन। चीनले यस बैठकमा सहभागी नहुने बताएको थियो। 

भारतका एक उच्च अधिकारीहरुको अनुसार 'बैठकको लागि हामीहरुले धेरै कुर्यौं, तर चिनियाँ पक्ष यसको लागि तयार भएनन् र आएनन् पनि।'  यस बैठकमा दुई पक्षीय विवाद कम गराउने लक्ष्य लिईएको थियो। 

यसकाबीच भारतले सिक्किमबाट अरुणाञ्चल प्रदेशसम्मको लाईन अफ एक्चुअल कन्ट्रोल एलएसीमा आफ्नो सुरक्षा बल तैनाथ गरेको छ। चीन तथा भारतीय सुरक्षाबलमा अहिलेको तानातानकाबीच चीनले दिएको धम्कीलाई मध्येनजर राख्दै सुरक्षा बढाएको उसले जनाएको हो। यसका साथै भारतीय सेना तथा चीनको पीएलएकोबीचको बैठकले दुई पक्षीय तनाव कम गर्ने प्रयास गरेको थियो।

दुई पक्षीय सेनाबीच १५ अगस्टमा हुनेवाला बोर्डर पर्सनल मिटिङ (बीपीएम) मा समेत आशंका उब्जिएको छ। अहिलेसम्म पनि सो क्षेत्रमा तनाव जारी रहेको छ। भारतीय सेनाले अहिले सिक्किमदेखि अरुणाचल प्रदेशसम्मको लाइन अफ एक्चुअल कंट्रोलमा सैनिकको तैनाथी बढाएको छ। भारतीय एक अधिकारीका अनुसार भारतले अहिले त्यो विषयलाई महत्वका साथ हेरेर सुरक्षा संवेदनशीलता बढाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ