arrow

स्थानीय तहबाटै नागरिकता वितरण

रैनादेवी छहरा गाउँपालिकामा २ सय बढीले पाए नागरिकता

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ साउन ३० सोमबार
nagarikta_bitaran.jpg

पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा नागरिकता बितरण कार्य सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको शिविरमा  २ सय ९ जनाले नागरिकता बनाएका छन् । सेवा ग्राहीलाई स्थानीय तहबाटै सेवा दिने उद्धेश्यले जिल्ला प्रशासन कार्यालय  र रैनादेवी छहरा गाँउपालिकाको समन्वयमा  नागरिकता शिविर संचालन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत टंक प्रसाद पाण्डेले जानकारी दिए  ।

 नागरिकता बनाउन रैनादेवी छहरा गाउँपालिका भित्रका जुठा, बल्ढेङ ,सत्यवती ,छहरा, मुझुङ भुवनपोखरी,सोमादी र सिद्धेश्वरबाट बिहान देखी साँझसम्म लाईनमै बसेर नागरिकता प्राप्त गरेका छन । वर्षाको समयमा जिल्ला सदरमुकाम जान नपरेको र  आफुहरुको नागरिकता गाउँ स्तरबाटै पाउँद खुसी  महसुस भएको साविक बल्डेङगढी गाविसकी रेखा पुनले बताईन् ।   उनका अनुसार बर्षाको समयमा तानसेन जान सालझन्डी बुटवल भएर जानु पर्छ सामान्य काम लिएर जाने हो भने दुई देखी तिन दिन लाग्छ   ।

 नागरिकता लिन आएका साविक भुवनपोखरी गाविसका लाल बहादुर कुमाल पनि नागरिता पाउदा स्थानीय सरकारले आफुहरुको हितमा काम गरेको बताए । नागरिकता बितरण कार्यमा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत टंक प्रसाद पाण्डे, नासु हरि पन्थी सहितको टोली रैनादेवी छहरा पुगेको थियो । नागरिकता वितरण सँगै गाउँपालिका भित्रका सयौ मानिसहरु मतदाता नामवली संकलनमा समेत उत्साह जनक सहभागिता जनाएका छन् ।

साउन १५ गते देखी ३२ गते सम्म सन्चालन हुने मतदाता नामावली संकलन कार्यमा १२ दिनमा ८३२ जनाको  फोटो सहितको मतदाता नामावली संकलन भएको जनाईएको छ । स्थानीय जनताको माग लाई ध्यानमा राखेर नागरिकता बितरण र मतदाता नामावली दर्ता एकै पटकमा गरिएको र सेवा पनि सोचे भन्दा राम्रो भएको रैनादेवी छहरा गाउपालिकाका प्रमुख राम बहादुर कार्कीले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ