arrow

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन सुचारु

logo
प्रकाशित २०७४ साउन ३० सोमबार
muglin--road.jpg.jpeg

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालन भएको छ । सो सडकखण्डअन्तर्गत पाँचकिलोमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो । रातको समयमा पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो हटाउन शुरु गरिएको थियो ।

सो सडकखण्डमा शुक्रबार दिउँसोपछि ठाउँ–ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको सडक आइतबार साँझ मात्र सञ्चालनमा आएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ