arrow

देउवाले कसलाई बनाउँलान् महान्यायाधिवक्ता ?

logo
प्रकाशित २०७४ साउन ३० सोमबार
bar-new-fnl.jpg.jpeg

काठमाडौं ।  महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री  शेरबहादुर देउवालाई नयाँ महान्यायाधिवक्ता नियुक्ति गर्न बाटो खुलेको छ । महान्यायधिवक्ताका लागि कांग्रेस निकट कानून व्यवसायीहरुको छाता संगठन डेमोक्रयाटिक लयर्स एसोसिएसन ( डिएलए )मा आबद्ध वकिलहरुको खोजी सुरु भएको छ ।

  महान्यायाधिवक्ता बन्नका लागि नेपाल बारका महासचिव खम्बबहादुर खाती,  अधिवक्ता केदार कार्की, माधव बास्कोटा, महादेव यादव, यदुनाथ खनाल, बाबुराजा जोशी लगायतका  डेमोक्रयाट वकिलहरु दौडधुपमा लागेका छन् ।  देउवाले महादेव यादव ,खम्ब खाती र केदार कार्कीको नाम छलफलमा ल्याएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

यादव यसअघि पनि महान्यायाधिवक्ता भइसकेकाले पटक पटक एउटै व्यक्तिलाई अवसर दिन नहुने भन्दै चर्को विरोध हुन थालेको छ । खाती बारका महासचिव रहेको र कार्कीलाई अघि बढाएकाले उनको पनि सम्भावना न्यून रहेको देखिन्छ ।

  डेमोक्रेटिक लयर्स एसोसिएसनको तर्फवाट देउवा निकटका वकिल केदार कार्कीलाई महान्यायाधीवक्तामा अघि सारिएको स्रोत दाबी छ । शुशील कोइराला प्रधानमन्त्री हुँदा पनि डिएलएको प्रस्ताव बमोजिम बाबुराम कुँवरलाई महान्यायाधिवक्ता बनाइएको भन्दै अहिले पनि प्रस्ताव कार्यान्वयन हुनुपर्ने दवाव छ । डिएलएमा देउवासँग नजिक रहेका भरत खरेल अध्यक्ष छन् ।

 डिएलएका अध्यक्ष भरत खरेल र नेपाल बार महासचिव खातीले प्रधानमन्त्री देउवालाई भेटेर कार्कीलाई महान्यायाधिवक्ता नियुक्त गर्न प्रस्ताव गरिसकेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ