arrow

जनताको सुरक्षा गर्न बसेका प्रहरीहरुले आफ्नै चौकीको जग्गा भने संरक्षण गर्न सकेनन्

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ साउन ३० सोमबार
hilihang_panchtar.png

पाँचथर । जनताको सुरक्षा गर्न बसेका प्रहरीहरुले आफ्नै चौकीको जग्गा भने संरक्षण गर्न सकेका छैनन् । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ५ स्थित जोरपोखरीमा रहेको प्रहरी चौकी अतिक्रमणको चपेटामा परेको छ ।

स्थानीय काशीराम संग्रौलाले प्रहरी चौकीको झण्डै २ रोपनी जग्गा अतिक्रमण गरी व्यक्तिगत रुपमा भोगचलन गर्दै आएको स्थानीयले बताएका छन् । ७ नम्बरी फाँटबारी भएको चौकीको नाममा लिखत भित्रकै झण्डै २ रोपनी जग्गा उनले भोगचलन गर्दै आएका छन् । अहिले उनले उक्त जग्गामा मकै बाली लगाएका छन् ।

वि.स ०७० सालमा स्थानीय जिम्मावाल बजिन्द्रदेन सुहाङ र पूर्व प्रधानपञ्च रहेका होम प्रसाद यवाले संयुक्त रुपमा चौकीलाई लिखत कागज गरेर दिएपनि संग्रौलले भने आलटाल गर्दै उपभोग गरिरहेका छन् ।

जसरी जोरपोखरी बजार बस्तीका स्थानीयले जग्गा भोगचलन गर्दै आएका छन् सोही प्रकृतिबाट भोगचलन गर्न समाजसेवी यवा र सुहाङले प्रहरी चौकीलाई दिएपनि संग्रौलाले भने आफैले उपभोग गरिरहेको प्रहरी चौकी जोरपोखरीका प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले बताए । पटक पटक समाजमा भेला भई छलफल गर्दा पनि आलटाल गरी संग्रौलाले उपभोग गरिरहेको उनले बताए ।

यवा र सुहाङ परिवारले साढे सात रोपनीका दरले जग्गा चौकीलाई भोगचलन गर्न दिएको स्थानिय कर्णश्याम लावतीले बताए । तर, अहिले सक्कल कागज नै प्रहरी चौकी निर्माण समितीमै आवद्ध भएका केही ब्यक्तिहरुले लुकाइरहेको पाइएको छ । जग्गा भोचलनको लागि दिएको छाँया कपी मात्रै प्रहरी चौकीमा उपलब्ध छ ।

साविक भारपा र सुभाङ गाविसबासीले संयुक्त रुपमा मिलेर अहिले नेपाली सेनाको भैरवी दल गण बसिरहेको क्याम्पमा अस्थायी प्रहरी चौकी निर्माण गरेका थिए । तर द्वन्न्वकालमा त्यस प्रहरी चौकी परिषरमा सैनिक क्याम्प बसेपछि प्रहरी चौकी विस्थापित भएको थियो । विस्थापित अस्थायी प्रहरी चौकी जोरपोखरी बजारमै केहि वर्ष भाडामा बसेपछि स्थानीयको पहलमा तत्कालीन भारपा, सुभाङ गाविस, नेपाल जनउद्धार संघ समेतको सहयोगमा जग्गा खोजेर उक्त प्रहरी चौकी निर्माण गरिएको स्थानीय बालकृष्ण ओझाले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ