arrow

वाणिज्यमन्त्री विश्वकर्माले एकद्वार नीति मार्फत् राहत बाँड्न व्यवसायीलाई मनाए 

logo
प्रकाशित २०७४ साउन ३० सोमबार
banijyamantri.JPG

काठमाडौं । सोमबार वाणिज्य मन्त्रालयले मन्त्रालय र निजी क्षेत्रबीच बाढी पहिरो पीडितलाई सहयोग गर्ने विषयमा छलफल भएको छ । मन्त्रालयका तर्फबाट वाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माको संयोजकत्वमा रहेको टोलीसँग नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका व्यापारिक संघ संघठनहरुसँग छलफल गरेका थिए । 

बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरुले आफ्नो तर्फबाट दिईने सबै राहतका सामग्रीहरु केन्द्रीय दैवीप्रकोप उद्दारकोषमा जम्मा गरेर सोही मार्फत् एकद्वार प्रणाली मार्फत् वितरण गर्न आफू सहमत रहेको बताएका थिए । सो क्षेत्रमा अत्यावश्यक सामग्रीहरु पुर्याउनको लागि निजी क्षेत्रसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ