arrow

वर्षा रोकिएसँगै विराटनगरमा राहत वितरणको काम तीब्र, शेखरले गरे सुरुवात 

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७४ साउन ३० सोमबार

विराटनगर । वर्षा रोकिएसँगै मोरङका बाढी पीडितहरुलाई राहत वितरणको काम सोमबारदेखी तीव्र रुपमा हुुन थालेको छ। 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले सोमबार विराटनगर महानगरपालिका वार्ड नम्वर ६ र ७ तथा १९  मा रहेको बाढी पीडितहरु विभिन्न खाद्यान्न सामाग्रीहरु वितरण गरे । नेता कोइरालाले सडकमा पाल टाँगेर वसेका बाढी पीडितहरुलाई चाउचाउ तथा स्वच्छ खानेपानी वितरण गरेका थिए ।

नेता कोइरालाले बाढी पीडितहरुको उचित व्यवस्थापनका लागि आफू लागि रहेको सो अवसरमा बताएका थिए । उनले विराटनगर महानगरपालिकामा विभिन्न स्थानमा आश्रय लिइरहेका बाढी पीडितहरुको अवस्थाको बारेमा समेत जानकारी लिए । 

यसैगरी, आजै विराटनगर राउण्ड टेवुुल न ५ का पूर्व सदस्यहरुले बुुधनगरका ५ सय बाढी पीडितलाई चिउरा भुुजा चाउचाउ लगायतका खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ