arrow

विराटनगरमा वर्षा रोकिएर घाम लाग्यो, हेर्नुहोस् पैसा सुकाउनै भ्याईनभ्याई छ

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७४ साउन ३० सोमबार
paisa_sukayako.jpg

विराटनगर । दुुई दिनको लगातारको वर्षा रोकिएर घाम लागेपछि कसैलाई वाढी पसेको घर सफागर्ने, विस्थापितहरु घर फर्कने तथा वाढीका कारण हिलो भएको सामान सफागर्ने तथा भिजेका कपडा सुकाउने चटारो छ भने विराटनगर महानगरपालिका–४ जामुन गाछी पुल चौकाकाका सुरेन्द्र यादवलाई भने पानीले भिजेको नोट पैसा सुकाउने चटारो छ ।

बाढी पसेर किराना व्यावसाय सचालन गर्दै आएको यादवको घरमा वाढी पसेर गल्लामा रहेको नोट समेत भिजाएपछी यादवले घाम लागेको मौका छोपेर भिजेका नोटहरु सुकाउन व्यस्त भएका छन ।

यादवले गल्लामा रहेको ४० हजार नोट पुरै भिजेपछि पसल अगाडि उनी नोट सुकाउन व्यस्त देखिन्छन । भिजेर नोट काम नलाग्ने अवस्थामा पुगेकाले नोट सुकाउनु परेको उनले वताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ