arrow

पाथिभरा गोल्डकपको उपाधि काठमाडौंको चर्च व्वाइजलाई

logo
प्रकाशित २०७४ साउन ३० सोमबार
Pathivara-gold_cup.jpg

ताप्लेजुङ । पाथिभरा गोल्डकप फुटबलको दोस्रो संस्करणको उपाधि चर्च व्वाइज क्लब काठमाडौंले जितेको छ । सोमबार भएको फाइनलमा सगरमाथा युवा क्लब विराटचोक मोरङलाई ३–० गोलले हराउँदै चर्च व्वाइजले उपाधि उचालेको हो ।

चर्च व्वाइजलाई विजयी गराउन जाङ्बु शेर्पा, राज पौडेल र राजकुमार कन्दङ्वाले एक–एक गोल गरे । पहिलो हाफमा जाङ्बु शेर्पाको गोलले अग्रता लिएको चर्च व्वाइजले खेलको पूर्ण समय सगरमाथा युवा क्लबलाई दबाबमा राख्यो । सगरमाथाले भने पाएको मौका पनि सदुपयोग गर्न सकेन ।

दोस्रो हाफमा चर्च व्वाइजका राज पौडेल र राजकुमार कन्दङवाले गोल गरेपछि सगरमाथाले उप–विजेतामै खुम्चियो । खेलको म्यान अफ दि म्याच भने सगरमाथा युवा क्लव विराटचोक मोरङका मनोज राई भएका छन् ।

विजेता चर्च व्वाइज क्लब काठमाडौंले २ लाख ११ हजार र उपविजेता मोरङले १ लाख ११ रुपैँया प्राप्त गरेको छ । गत साउन २२ गतेबाट सुरु भएको खेलमा ताप्लेजुङका दुईसहित विभिन्न जिल्लाका १० टिमको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ