arrow

राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ, बाढीपीडित भोकै 

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
kailali-flood.JPG

काठमाडौं । सरकारी राहत कोषमा अर्बौं रुपैयाँ जम्मा भएर पनि बाढीपहिरोजस्ता प्राकृतिक विपत्मा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ छ । कोषमा देशभित्र र बाहिर रहेका विभिन्न समूह र सर्वसाधारणले दिएको रकम जम्मा भएको हो ।

त्यसैगरी देशका ७५ जिल्लामा शाखा रहेको केन्द्रीय विपत् उद्धार तथा राहत समितिमा समेत करोडौं रुपैयाँ जम्मा भएको छ । 

यस्तो कोषमा रकम अभाव नभए पनि सरकारको अकर्मण्यता, मनसुनी बाढी र पहिरोमा परेका परिवारलाई राहतको योजना नहुँदा सामाग्री वितरण हुन नसकेको हो । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ