arrow

बाढीपिडितका लागि नेविसंघ स्याङ्जाले गर्‍यो राहत संकलन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ साउन ३१ मंगलबार
nebesang-syangja.jpg

स्याङ्जा । मुलुकको तराई मधेशमा केही दिन अगाडी परेको अविरल बर्षाका कारण बाढीले ठुलो धनजनको क्षती पुर्‍याएको छ । धनजनको क्षतीसँगै हजारौ नागरिक बाढीबाट प्रभावित भएका छन् । बाढीले क्षती पुर्‍याएपछि बाढी पिडितलाई राहातले भएपनि सहयोग गर्ने मनसायले नेपाल विद्यार्थी संघ स्याङ्जाले आज(मंगलवार) बाट राहात संकलन शुरु गरेको छ । जिल्लाका तिन वटै क्षेत्रका नेविसंघका क्षेत्रीय सभापतिहरुको नेतृत्व र काँग्रेस पाटीको सहयोगमा नेविसंघले राहत संकलन शुरु गरेको नेपाल विद्यार्थी संघ स्याङ्जाका अध्यक्ष अजित क्षेत्रीले जानकारी दिए ।

नेविसंघका क्षेत्रीय अध्यक्षहरुले बहुमुखी क्याम्पसमा अध्ययनरत नेविसंघका विद्यार्थीहरुको सहभागितामा बजार क्षेत्रमा राहत संकलन गरेका छन् । स्याङ्जा क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष विश्वास लम्सालको नेतृत्वमा वालिङ बहुमुखी क्याम्पस नेविसंघ इकाई समितिले वालिङ बजारमा बाढी पिडितका लागि राहत संकलन गरेका छन् । नेपाली काँग्रेस क्षेत्रीय सचिव र वालिङ नगर सचिवको सहभागितामा नेविसंघ क्षेत्रीय समितिले राहत संकलन गरेको क्षेत्रीय अध्यक्ष लम्सालले बताए ।

यो अभियान वालिङ बजारबाट शुरु गरेका छौं अध्यक्ष लम्सालले भने,“हामीले यस कार्यलाई वालिङ मात्रै नभएर आसपासका बजार, संघसंस्था, उद्योगी व्यवसायहरु सगँ पनि राहत संकलन गर्ने छौं ।” विभिन्न संचार माध्यममा बाढी पिडितको दयनीय अवस्था देखेर राहत बाट भएपनि सहयोग गर्ने अठोटका साथ राहत संकलन अभियान शुरु गरेको लम्सालले भने ।

संकलन भएको राहतलाई नेपाल विद्यार्थी संघ केन्द्रिय समितिलाई बुझाउने वा जिल्ला दैवी प्रकोप उद्धार समितिलाई बुझाउने भन्ने टुङ्गो नलागेकाले यस विषयमा पछि मात्रै थाहा हुने लम्सालले बताएका छन् । पहिला राहत त संकलन गर्नुपर्‍यो लम्सालले भने,“उठाउदै जादा रकम कति संकलन हुन्छ त्यस पछि मात्रै यो रकमलाई कसरी पिडितको हातमा पुर्‍याउने भन्ने निर्णय गर्ने छौं ।” जिल्लाभरीको राहत संकलन समापन भएपछि मात्रै बाढीपिडित समक्ष राहत पुर्‍याउने टुङ्गो लाग्ने उनले भने ।

तराई र मधेशमा भएको दैवी प्रकोप बाढी पिडितका लागि स्याङ्जामा पहिलो पटक नेविसंघले राहत संकलन शुरु गरेको हो । यो भन्दा पहिला नेविसंघको माउ पाटी नेपाली काँग्रेसले सबै सांसदहरुले एक महिनाको तलव बाढीपिडितलाई दिने निर्णय गरिसकेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ