arrow

राजपा सांसदको एक महिनाको तलब बाढीपीडितलाई

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
badhi1.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले बाढीपीडितको राहतका लागि सहयोगार्थ पार्टीका सबै सांसदबाट एक महिनाको तलब बराबरको रकम दिइने निर्णय गरेको छ । 

राजपा अध्यक्ष मण्डल र संसदीय दलको सोमबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गर्दै पार्टीका नेता कार्यकताका तर्फबाट सबै प्रकारले नगदी र जिन्सी सहयोगका लागि पार्टी सम्बद्ध सबैलाई आग्रह गरेको छ । 

राजपाले बाढी प्रभावित स्थानलाई बाढीग्रस्त क्षेत्र घोषणा गरी आपत्कालीन विपद् व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । साथै उक्त कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन देशभरिका सबै उद्योगपति, व्यवसायी, स्वदेशी तथा विदेशी संघसंस्था, नियोग र दाता एवं दातृ निकायलाई आग्रह गरिएको पार्टीका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


उत्ता होटल एसोसिएसन नेपाल (हान) ले बाढीपीडितका लागि रु पाँच लाख सहयोग दिने निर्णय गरेको छ । हान पदाधिकारीको आकस्मिक बैठकले बाढीपीडितको सहयोगार्थ प्रभावित क्षेत्रमा उद्धार र राहतको अभियानमा सक्रिय हुने जनाएको छ । 

हानले आफ्ना सदस्य तारे होटलबाट पनि थप सहयोग जुटाउने महासचिव विनायक शाहले बताए। त्यस्तै सुनसरी, मोरङ, चितवन, रुपन्देही, परासी, बाँके, बर्दियालगायत जिल्लामा बाढीबाट प्रभावित पर्यटकको उद्धार आवश्यक भएमा सेवाका लागि २४ सै घण्टा ९८५१० ३१४९५ र ९८५११९१८२७ हटलाइन सेवा शुरु गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ