arrow

चीनले भन्यो -'भारत जमिनको भोगी, एक इन्च दिए एक माइल खोज्ने चरित्र'

'भारत आफ्नो खुट्टामा बन्चरो हान्दैछ'

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
india-china.jpg

एजेन्सी । डोकलाम विवादमा चीनले पुन: भारतलाई चेतावनी दिएको छ ।  चीनको  सरकारी पत्रिका चाइना डेलीले लेख लेखेर चेतवानी  दिएको हो । पत्रिकाले  चीनको  धैर्यताको पनि  सीमा हुने भन्दै  चीन आफ्नो संप्रभुता र क्षेत्रीय अखंडतासँग समझौता गरेमा त्यो ठूलो गल्ति हुने भारतको बुझाइले आफ्नै खुट्टामा बन्चरो हान्दैछ  लेखेको छ ।    


चाइना डेलीले लेखमा 'चिनियाँ सैनिकको उपस्थितिमा चीनको क्षेत्र अतिक्रमण गर्नु र त्यहाँ आफ्नो सैनिक तैनाथ राखेर भारत चीनसँग युद्ध  चाहन्छ वा अरु केहि ?' चाइना डेलीले प्रश्न गरेको छ ।

लेखमा 'चीन भारतलाई आफ्ना सैनिक फिर्ता बोलाउन र गम्भीर परिणामको बिषयमा सोच्न बारम्बार आग्रह गरिरहेको  छ । चीनले  एक इन्च जमीन दिए भारत एक माइल चाहन्छ । भारत बारम्बार दिइरहेको चेतावनीलाई नमान्नुका साथै सिमामा आफ्ना सेनाको उपस्थिति पनि बढाएको  छ।'

पत्रिकाले भारतीय न्यूज एजेन्सी पीटीआईले  एक सरकारी कर्मचारीको नाम उदृत नगरि उनले सेनाहरुबीच  सावधानीको स्तर बढेको बताएका छन् । उनले चीनसंग सो स्थानमा  युद्धको तयार भइरहेको भनेर भन्न गाह्रो रहेक जनाएका छन् ।

 भारतले  बुधवार देखि चीनबाट निर्यात गरिने ९३ प्रतिशत बस्तुमा  एन्टि डम्पिङ ड्यूटी लगाएको छ । यसलाई भारतको एक नयाँ  रणनितिको रुपमा लिइएको छ ।


 चाइना डेलीले  चीन आफ्नो छिमेकी  (भारत) सँग कुनै प्रकारको युद्ध  नचाहेको लेखेको छ ।  चीनको तर्फबाट भारतलाई आफ्ना सेना फिर्ता बोलाउन र युद्धको गम्भीर परिणाम प्रति पटक पटक आग्रह गर्नु  चीनको धैर्यतालाई जनाउछ ।

पत्रिकाले आफ्नो विचार राख्दै 'चीनको धैर्यतालाई उसको कमजोरी  मान्नु,  सामान्य रुपमा लिनु भारतको गल्ती र मूर्खता हो । यसो गरेर भारत एक खतरनाक बाटोमा बढि रहेको छ । भारतले आफ्नो विवेक देखाउन आवश्यक छ र  चीनको धैर्यताको सिमा छ भन्ने बुझ्न आवश्यक छ ।  भारत सोच्छ  कि चीन आफ्नो संप्रभुता र क्षेत्रीय अखण्डतादेखि समझौता गरेमा यो चीनको ठुलो गल्ती हुनेछ । यसो गरेर भारत आफ्नो खुट्टामा आफै बन्चरो हान्दैछ ।'

१६ जुन देखि सुरु भएको सो विवाद अन्त्य हुने  छाटकाट देखिदैन  ।  चीन सिक्किम क्षेत्रको डोकलाम इलाकामा सडक बनाउँन चाहान्छ । डोकलामको पठारमा चीन, सिक्किम र भूटानको सीमा जोडिन्छ । भूटान र चीन सो इलाकालाई आफ्नो भएको दाबी गर्छन् ।  भारत भूटानलाई सहयोग गर्दैछ। भारतमा सो स्थानलाई डोकलाम र चीनमा डोंगलोंग भनिन्छ।

'सेन्टर फर चाइना एनालिसिस एण्ड स्ट्रेटजी' का अनुसार चीन भारतसँग तीन कारणले जटिलता रहेको छ ।वन बेल्ट-वन रोड प्रोजेक्टलाई भारतले स्विकार नगर्नु यसको पहिलो कारण हो । जसले चीनलाई ठुलो नोक्सान पुर्‍याउने छ । दोस्रो, अमेरिकासँग भारतको नजिकिदो सम्बन्ध । थिङ्कट्याकका अनुसार , तेस्रो र ताजा कारण चाहि  भूटानको डोकलाम सीमा विवाद हो । १६  जुनमा पिएलए डोकलाम इलाकामा घुसेर सडक बनाउन सुरु गर्‍यो ।
 
भारतीय संचारमाध्यमका अनुसार  सो समय रोयल भूटान आर्मीको गस्ति टोलिले चिनियाँ सैनिकलाई रोक्ने प्रयत्न गरेका थिए । तर चीनले नमानेपछि भूटानको आग्रहमा भारतीय सेना सो स्थानमा पुगेको हो । भारतीय सैनिक यति चाडो डोकलाम पुग्नेछ भन्ने चीनले अन्दाज लगाउन सकेको थिएन । चीन सो स्थानलाई आफ्नो इलाका मान्छ । भारत सो स्थानमा भुटानसँग भएको सन्धिका कारण पुगेको हो । यो चीनलाई मन परेको छैन किनभने त्रिसंगममा सडक बनाउने प्रोजेक्ट रोकिएको छ ।

चीन जहाँ सडक बनाउदैछ सो इलाकाबाट २० किलोमिटरको  भुभाग सिक्किम र पूर्वोत्तर भारतीय राज्यसँग जोडिन्छ । जसलाई  ‘चिकेन नेक’ पनि भनिन्छ । चीनले सो  इलाकामा दखल बढाए भारतको कनेक्टिविटीमा असर पर्नेछ । भारतको कयौ राज्य चीनको तोपको दुरिमा पर्नेछ ।

यदि चीनले सडक बनाए भूटानको इलाकामा घुस्ने मात्र नभइ भारतको सिलीगुड़ी करिडोर माथि पनि उसको अधिकार बन्न सक्नेछ । २०० किमी लम्बाइ र ६० किमी चौडा सिलीगुडि करिडोर पूर्वोत्तर राज्य भारतको बाकी राज्यसँग जोड्छ । यसैले सो क्षेत्रमा भारत चीनको उपस्थिति चाहादैन ।

९ जुलाईदेखि भारतीय सेना र पिएलए डोकलाम  बोर्डरमा ६०-७० जनाको टुकडि सय मिटरको दूरीमा आमने-सामने रहेका छन् । दुवै देशका सेना सो स्थानबाट १०-१५ किलोमिटरमा तैनाथ रहेका छन् ।

भारतले डोकलामबाट आफ्नो सेना बिना शर्त फिर्ता गर्न चीनले राखेको माग अस्विकार गरेको छ । चीनको सरकारी पत्रिका पीपुल्स डेलीको एक रिपोर्टरको प्रश्नमा भारतीय विदेश मंत्रालयका प्रवक्ता गोपाल बागलेले सो बताएका हुन् ।

बागले भने, "हामिले डोकलाम मामिलामा आफ्नो हेराइ र  बाटो खोज्ने तरिकाबारे चीनको अगाडिनै स्पष्ट गरेका छौ ।" बागले भने , "सीमा विवाद सामाधान गर्न दुवै देशबीच पहिले देखिनै एउटा  सिस्टम बनेको छ  र अहिले चलेको विवादलाई पनि सोहि सिस्टमले सामाधान गर्नेछ । इन्टरनेशनल कम्युनिटीले सो विवादको सामाधान दुवै देशबीच कूटनीतिज्ञ तबरले हुनु पर्दछ भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ