arrow

भारतको विपक्षमा लाग्नेलाई छाड्दैनौ : प्रधानमन्त्री मोदी

भारतले मनायो ७० औँ स्वतन्त्रता दिवस

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
70-modi.jpg

नयाँ दिल्ली । भारतमा मङ्गलबार स्वतन्त्रता दिवस मनाएको छ  । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको हो । सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गरेका छन् । स्वतन्त्रता दिवस मनाउन लाल किल्लामा हजारौँ भारतीय नागरिक जम्मा भएका छन् ।

उनीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको प्रमुख प्राथमिकता सुरक्षा हो भने । उनले नागरिकको सुरक्षाका लागि वर्तमान सरकार सबैभन्दा बढी चिन्तित छ भने।

मोदीले भारतको विपक्षमा लाग्ने र भारतीय भूमिमा असुरक्षा मच्चाउन प्रयास गर्ने जो सुकै विदेशी होस वा स्वदेशीलाई पनि भारतले नछोड्ने बताएका छन् । त्यस्तो शक्तिका विरुद्धमा लडन् भारत पूरै सक्षम रहेको उनले बताए ।

भारतका मिडियाहरुले चीन र भारतका बीचमा पछिल्लो समयमा सीमा क्षेत्रमा तनाव बढिरहेको भनिएका बेला उनको यो अभिव्यक्ति आएको भनी टिप्पणी गरेका छन् ।

भारतले आज आफ्नो ७० औँ स्वतन्त्रता दिवस मनाएको हो । यसका लागि भारतका विभिन्न क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको समाचारमा जनाइएको छ । समुद्र होस वा सीमा, साइबर होस वा अन्तरिक्ष जुनसुकै हिसाबले पनि हामी सक्षम छौँ र जुनसुकैका विरुद्धमा पनि हामी लडन् सक्छौँ– उनले सो सम्बोधनका क्रममा भनेका छन् ।

मोदीको यस अभिव्यक्तिलाई हाल चीनसँग भएको भनिएको विवादकाबीच दिएको र उक्त सम्बोधन चीनतर्फ पन लक्षित रहेको अर्थ लगाएका केही विश्लेषकहरुको दाबी छ ।

पाकिस्तानसँग पनि सन् १९४७ देखि नै भारतको सीमा विवाद रही आएको छ । जसका कारण पाकिस्तानसँग पनि भारतले युद्ध गरिसकेको छ । भारतले पाकिस्तानलाई आतङ्ककारीहरु आफ्नो देशतर्फ पठाएको आरोप लगाउने गरेको छ । तर यसलाई पाकिस्तानले भने स्वीकारेको छैन ।

भारत सन् १९४७ को अगष्ट १५ मा बेलायती शासनबाट स्वतन्त्र भएको थियो । बेलायती शासनबाट स्वतन्त्र भएको दिन अगष्ट १५ लाई भारतले स्वतन्त्रता दिवसका रुपमा मनाउदै आएको छ ।

भारतको अघिल्लो दिन अर्थात अगष्ट  १४ मा पाकिस्तान पनि भारतबाट अलग्गिएर अलग्गै राष्ट्र बनेको थियो । पाकिस्तानले सोमबार नै स्वतन्त्रता दिवस मनाएको छ ।एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ