arrow

हलिउड कलाकार एन्जेलीना जोली र ब्रेण्ड पिटको छोडपत्र नहुने !

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
brad-pitt-angelina-jolie.jpg

एजेन्सी । हलिउड कलाकार एन्जेलीना जोली र  ब्रेण्ड पिटले हालै छोडपत्रको कानुनी कार्वाहीको  निर्णय  रोकेका छन् । योसँगै दुवैले छोडपत्र नगर्ने  अनुमान लगाउन सुरु भएको छ ।
 
 स्रोतका अनुसार दुवैले छोडपत्रको लागि कुनै अगाडिको काम कार्वाही गरेका छैनन् । साथै कसैलाई पनि अघि केहि होला जस्तो लागेको छैन । दुवै जना सम्बन्ध बिच्छेदलाई लिएर सहज अवस्थामा छैनन् ।  उनिहरु सम्बन्ध बिच्छेदको निर्णय सहि हो वा गलत  सो कुराको  सुनिश्चित गर्न चाहान्छन् ।

दुवै कलाकारका एक नजिकका मित्रले भने एन्जेलिना, पिटसँग फर्किएर जाने बिषयमा विचार गरिरहेकी छन् । किनभने छोडपत्रको आवेदनपछि  पिट धेरै बदलिएका छन् ।  पिट 'आत्म सुधार' गरिरहेका छन् र  उनको बद्लिएको  स्वभावले एन्जेलिनाको विचार परिवर्तन भएको हुन सक्छ ।

तर जोली वा  पिटका प्रतिनिधिले मेलमिलापको बिषयमा आधिकारिक बयान भने दिएका छैनन् ।

 अघिल्लो बर्ष अभिनेत्री  एन्जेलीना जोलीले आफ्नो पति ब्रेण्ड पिटसँग सम्बन्ध बिच्छेद आवेदन दिएपछि हाइपरटेन्शन र बेल्स पाल्सी नामक गम्भीर रोगको संक्रमण भएको जनाएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ