arrow

भारतको स्वतन्त्रता दिवसको दिन ग्रेटर नेपालको माग, ‘पुरानो नेपाल फिर्ता देउ’ 

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
greter_nepal.jpeg

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रबादी मोर्चाले भारतको स्वतन्त्रता दिवसको दिन पुरानो नेपाल फिर्ता दिन भारतसँग आग्रह गरेको छ । मंगलबार संस्थाका अध्यक्ष फणिन्द्र नेपालले विज्ञप्ती जारी गरी यस्ताचे माग गरेका हुन् । उनले भारतको ७० औँ स्वतन्त्रता दिवसका अवसरमा उक्त नेपाली भूभाग नेपाललाई अविलम्ब फिर्ता गर्न भारतसँग आग्रह गर्दै सो भूभाग फिर्ता लिनेतर्पm तत्काल उपयुक्त कदम चाल्न नेपाल सरकारसँग माग गरिएको बताएका छन् । 

विज्ञप्तीमा भारतीय उपनिवेशमा रहेको उक्त भूभाग फिर्ता माग्नु नेपाल सरकारको परम कर्तव्य हो भन्दै नेपाल–चीन सन्धि– १७९२ को धारा ५ मा “नेपालमाथि कुनै अर्को राष्ट्रले आक्रमण गरेमा त्यसलाई विफल पार्न चीनले कुनै कसर बाँकी राख्नेछैन ।” भन्ने प्रावधानअनुसार चीनसँग सहकार्य गरेर रणनीतिक चाल चल्नुपर्नेमा उल्टो भारतसँगै मोर्चाबन्दी गरी चीनको तेजोबध गर्नेकाम नेपाल सरकारले गरेको उल्लेख गरिएको छ । 

अध्यक्ष नेपालले श्रावण ३० गते सोमबार नेपालको ४ दिने भ्रमणमा काठमाडांै आइपुगेका चीनका उपप्रधानमन्त्री वाङ याङको स्वागतका निम्ति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष सहितका कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आगमन कक्ष बाहिर स्वागत ब्यानर लिएर उभिँदा नेपाल प्रहरीले ब्यानर खोसेर कच्याककुचुक पारी हस्तक्षेप गरेको भन्दै त्यसको विरोध पनि गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ