arrow

मोर्चाका नेताको दोहोरो चरित्र

भित्र बाहिर फरक फरक कुरा

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
barta-toli.jpg.jpeg
काठमाडौं । आन्दोलनरत मधेशी मोर्चाका नेताहरुले भित्र एउटा र वाहिर अर्को कुरा गर्ने गरेको पाईएको छ ।  
 
प्रमुख दलहरुका नेता र मोर्चाका नेता सहभागी कार्यदलको बैठकमा सकारात्मक छलफल भएको बताएका नेताहरुले बैठक चलिरहेकै बेला आन्दोलन घोषणा गरेर दोहोरो भुमीका व्यवहारमै प्रर्दशन गरेका छन् । 
 
केहीदिनअघि भएको कार्यदलको बैठकबाट निस्कीएपछि सकारात्मक छलफल भएको भन्दै आन्तरिक छलफलका लागि समय मागेका मोर्चाका नेताहरुले कार्यदलको अर्को बैठक नवस्दै कार्यदलमा आशालाग्दो छलफल नभएको बताएका हुन्  । 
 
एउटै अवस्थामा मधेशी मोर्चाको फरक फरक प्रतिक्रिया आएपछि उनीहरु स्वविवेकले प्रतिक्रिया दिएका हुन् की हैनन भन्ने प्रश्न धेरैले उठाउन थालेका छन्।
 
हिजो शनिवार आन्दोलनका नयाँ कार्यक्रमहरु घोषणा गरेको मोर्चाले बाहिर जति चर्का कुरा गरेपनि तिन दलका नेताहरुसंगको बैठकमा भने मिल्न लागेजस्तो कुरा गर्ने गरेको नेताहरुको भनाई छ । 
 
मोर्चा र तिन दलिय कार्यदलका सदस्य समेत रहेका गृहमन्त्री शक्तिबहादुर बस्नेतले मोर्चाका नेताहरुलाई बैठकमा आफुले सकारात्मक नै पाएको बताउछन् । 
 
“ सरकार र तिन दल सकारात्मक नभएको कुरा उहाँहरुले बैठकमा भन्नु भएको छैन” , उनले भने “ वाहिर देखिएजस्तो व्यवहार बैठकमा उहाँहरुको छैन । ”
 
मोर्चाका नेताको दोहोरो भुमीकालाई लिएर कसैले उनीहरुको पछाडी कुनै अदृश्य शक्ति रहेको आरोप लगाएका छन् भने कतिपयले उनीहरुको रणनिति र वाध्यता हुन सक्ने बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ