arrow

झापामा बाढीले थप एकको मृत्यु, अझै चारजना वेपत्ता

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
Jhapa_District.png

बनियानी (झापा), ३२ साउन । झापामा बाढीका कारण थप एक जनाको मृत्यु भएको छ । कन्काई नदीले बगाउँदा शिवसताक्षी नगरपालिका–७ की १७ वर्षीया निमा तामाङको मृत्यु भएको हो । योसँगै झापामा बाढीका कारण मृत्यु हुनेको संख्या १२ जना पुगेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । बेपत्ता भएका चारजना अझै सम्पर्कमा आउन नसकेको कार्यालयले जनाएको छ । 

रेडक्रस झापाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार जिल्लाका १३ स्थानीय तहका दुई हजार ५२४ परिवार प्रभावित भएका छन् भने दुई हजार ४४४ परिवार विस्थापित भएका छन् । यहाँका १२१ घर पूर्णरुपमा क्षति भएका छन् । हालसम्म बाढीपीडितलाई केही त्रिपाल, कम्बल, झुल, म्याट र भाँडावर्तन उपलब्ध गराइएको रेडक्रस झापाका अभिषेक पोखरेलले जानकारी दिए। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ