arrow

उत्तर कोरियाली आणविक समस्या समाधानबारे वाङ र लाभरोभबीच कुराकानी

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
utar-koriya-new.jpeg

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी तथा रसियाली विदेशमन्त्री सर्गेइ लाभरोभबीच मङ्गलबार कोरियाली प्रायद्वीपको आणविक समस्याको शान्तिपूर्ण समाधानका लागि फोनवार्ता भएको छ । 

उत्तर कोरियाले विगत केही समयदेखि गरेका लगातारका आणविक हतियार तथा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण र यसले उब्जाएको विश्व सुरक्षा चासोका बिषयमा दुई मुलुकबीच निकटमा रही सहकार्य हुँदै आएको छ । यसलाई समस्या समाधानको उच्च तहमा भएको कुटनैतिक एवम् शान्तिपूर्ण पहल भनिएको छ । 

वाङले कुराकानीका क्रममा स्थितिलाई नियन्त्रण बाहिर जान नदिन थप छलफल गर्नुपर्ने बताएका छन्। सो अवसरमा रसिया र चीनको ढोकामा तनाव सिर्जना गर्न कसैलाई अनुमति नभएको चिनियाँ विदेशमन्त्री वाङले बताएका थिए । उनले अमेरिका र उत्तर कोरिया दुवैले एक आपसलाई चिढाउने अभिव्यक्ति एवम् अन्य गतिविधि रोक्नुपर्ने बताएका थिए । 

यसैगरी लाभरोभले कोरियाली द्वीपमा अमेरिका र कोरियाली सैन्य अभ्यासका कारण फेरी एकपटक तनाव चुलिएको धारणा राखेका थिए । 

उत्तरको आणविक समस्या सैनिक उपायबाट समाधान गर्ने कुरा रसियालाई विल्कुलै अस्वीकार्य भएको र आफ्नो मुलुक समस्याको समाधान शान्तिपूर्ण वार्ता तथा राजनैतिक तथा कुटनैतिक उपायबाट निकाल्नुपर्ने, लाभरोभले बताएको जनाइएको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ