arrow

काठमाडौं महानगरमा नयाँ कार्यकारी अधिकृतको पद बहाली, भने 'भ्रष्टाचार सुशासनको काँडा हो' 

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
dhaniram_sharma.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनियुक्त कार्यकारी अधिकृत धनीराम शर्माले बुधबार पद बहाली गरेका छन् । पदबहाली गर्दै कार्यकारी अधिकृत शर्माले मेयर र उपमेयरले अघि सारेको काम नै आफ्नो प्राथमिकता भित्र पर्ने बताएका छन् । उनले आफ्नो कार्यकालमा महानगरको सार्वजनिक छवि सुधार गर्ने  प्रतिवद्धता पनि व्यक्त गरे । 

पदबहाली गरेपछि महानगरले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत शर्माले स्थानीय सरकारको प्रभावकारी कार्यान्वयनबाट स्थानीय तहको नेतृत्व काठमाडौं महानगरले गर्नुपर्ने बताए । भ्रष्टाचारजन्य आचरणलाई सुशासनको काँडाको रुपमा चित्रित गर्दै कार्यकारी अधिकृत शर्माले नागरिक सेवा सन्तुष्टिमा पूर्वाधार र कर्मचारी क्षमताको विकासमा आफ्नो ध्यान जाने बताए । 

विद्युतीय शाशनको प्रवर्धनले पारदर्शिता र सेवामा लाग्ने समय तथा लागत घटाउने हुनाले सूचना प्रविधि विभागसँग तथा करको दायरा र क्षेत्रका विषयमा अहिले केन्द्र र स्थानीय सरकारवीच बुझाइमा फरक भएकोले यतातर्फका काममा आफ्नो ध्यान जाने शर्माको भनाइ थियो । नव नियुक्त कार्यकारी अधिकृतले — कर्मचारीले सम्पादन गर्नु पर्ने विधि तथा पद्धतिमा नागरिक र जनप्रतिनिधिकावीचमा कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रशाशन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीको भनाइ थियो । 

सुर्खेत जिल्लामा जन्मनु भएका शर्माले १४ बर्षभन्दा बढी सरकारको कर तथा राजस्व प्रशाशन, वित्तिय व्यवस्थापन सेवामा विताएका छन्। यस अघि अर्थ मन्त्रालयको वित्तिय व्यवस्थापन महाशाखा प्रमुखका रुपमा काम गरिरहेकोमा श्रावण १९ को मन्त्रिपरिषद्को निर्णयबमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा हुनु भएका शर्मा श्रावण २९ गतेको उपप्रधानमन्त्री स्तरीय निर्णयबमोजिम महानगरको कार्यकारी अधिकृतका रुपमा सरुवा भइ आएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ