arrow

चितवनमा बिहीबारदेखि हर्न निषेध

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
no-horn.jpg

चितवन । नारायणगढ र भरतपुर क्षेत्रमा भोलि बिहीबारदेखि सवारी साधनले हर्न बजाउन नपाउने भएका छन्।

काठमाडौँ र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडकखण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न बजाउन निषेध गरिएको छ । 

ती स्थानका भित्रि सडकमा पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार साउन १७ गते प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा ट्राफिक व्यवस्थापनका विषयमा बसेको बैठकले भदौ १ गतेबाट भरतपुर र नारायणगढ क्षेत्रमा हर्न निषेध गर्ने निर्णय गरिएको थियो । पन्तकाअनुसार त्यसयता स्थानीय सञ्चारमाध्यमका साथै सिटी बसको र्याली र स्टिकरलगायतबाट प्रचार गरिएको छ । 

चर्को आवाजका कारण मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै राजधानी, पोखरापछि चितवनमा अब सवारी साधनले हर्न बजाउन नपाउने गरी निर्णय गरिएको हो । निषेधित ठाउँमा हर्न बजाएमा पहिलो पटकलाई  पाँच सय, दोस्रो पटकलाई  एक हजार र तेस्रो पटकका लागि  एक हजार पाँच सय जरिवाना असुल गरिने भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ