arrow

शाहरुखलाई पछि पारे अक्षयले, बक्स अफिसमा यस्तो छ रेकर्ड

अक्षय कुमारको 'ट्वाइलेट: एक प्रेम कथा' ले बक्स अफिसमा मच्चायो धमाका

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
akshays-toilet-ek-prem-katha-beats-shah-rukh-khans-jab-harry-met-seja.jpg

एजेन्सी । बलिउड अभिनेता  अक्षय कुमार र भूमि पेडनेकरको चलचित्र 'ट्वाइलेट: एक प्रेम कथा' बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । सानो बजेटमा बनेको चलचित्रले पाँच दिनमा धमाकेदार कमाई गरेको छ ।

मंगलबार भारतको स्वतन्त्रता दिवसको दिन चलचित्रले २० करोड कमाई गरेको छ । योसँगै चलचित्रले पाँच दिनमा ८३ करोड माथिको कमाई गरेको छ ।  बलिउड बजार विश्लेषक तरन आदर्शले ट्वीट गर्दै चलचित्रको कमाईको जानकारी दिएका छन् ।

चलचित्रले शुक्रवार १३.१० करोड, शनिवार १७.१९ करोड, आइतबार २१.२५ करोड, सोमवार १२ करोड र मंगलवार २०  करोड भारतीय रुपैया कमाएको हो । चलचित्रले जम्मा पाँच दिनमा ८३.४५ करोड रूपैया कमाएको छ ।

यो भन्दा पहिले  रिलीज भएको शाहरूख खान र अनुष्का शर्माको चलचित्र 'जब हेरी मेट सेजल' ले पाँच दिनमा करीब ५६ करोड रुपैया मात्र कमाएको थियो ।


'ट्वाइलेट' भारतमा कुल ३ हजार स्क्रीनमा मात्र रिलीज भएको कारण पनि चलचित्रको  कमाईलाई राम्रो मानिएको हो । चलचित्रले भारतको ग्रामिण क्षेत्रमा रहेको बिकृतिलाई नङगाएको छ । साथै चलचित्रमा ट्वाइलेटका लागि अक्षयले गरेको संघर्ष देखाइएको छ ।

चलचित्रमा अक्षय, भूमि लगायत  अनुपम खेर, दिव्येंदु शर्मा र सुधीर पाण्डे मुख्य भूमिकामा रहेका छन् । चलचित्र को लेखन र निर्देशन श्री नारायण सिंहले गरेका छन् । चलचित्रलाई समिक्षले पनि राम्रो रहेको बताएका छन् । साथै  चलचित्रलाई मुल्याङनमा  पनि  राम्रो दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ