arrow

ईलामेलीहरुले हल्लाए कतार

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
jhuma_program.jpg

 काठमाडौं । रोजगारीको शिलशिलामा कतारमा कार्यरत ईलामेलीहरुको साझा संस्था 'ईलाम सेवा समाज दोहा कतार'ले गत ११ अगष्टमा तीज बिशेष कार्यक्रम गरेको छ ।  समाजले दोहा स्थित गार्डेन भिलेज हलमा कार्यक्रम गरेको हो ।   

दुताबासको प्रमुख आतित्थ्य रहेको उक्त कार्यक्रम महासचिव प्रेम सागर सुबेदीले संचालन गरेका थिए भने सभापति धन बहादुर बिक रहेका थिए ।

कार्यक्रममा बरिष्ठ गायक तथा संगितकार  टीका भण्डारी र लोकआधुनिक गायिका झुमा निरौलाको  बिशेष प्रस्तुति रहेको थियो । करिब तीन सय दर्शक रहेको कार्यक्रममा गायक टीका भण्डारी तथा गायिका झुमा निरौलाले पुराना जिबित गितहरु गाएका थिए । साथै कार्यक्रममा निरौलाले आफ्ना भर्खरै रेकर्ड गरिएका तीज गीत र एक दर्जन नयाँ पुरानो तथा रिलीज हुन बाँकी गीतहरु सुनाइन् ।

 कार्यक्रममा  रंगकर्मी ज्ञानेन्द्र रसाइली द्वारा निर्देशित धनले होइन मनले मनाऔं तीज शिर्षकको नाटकले सबैको मन छोएको थियो  । बिहान १० बजि देखि शुरु भएको कार्यक्रम साँझ ६ बजे सम्म संचालन भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ