arrow

भारतीय दूतावासले अलपत्रै पारेर छाड्यो पाल्पाको कोल्डस्टोर  

पैसा दिन्छु भनेर काम सुरु गर्न लगायो तर पैसा नै दिएन 

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ साउन ३२ बुधबार
cold_store_palpa.JPG

पाल्पा । तानसेन नगरपालिकाको प्राविधिक रेखदेखमा र भारतीय राजदुतावासको आर्थिक सहयोगमा नगरको बाघखोरमा निर्माणाधीन कोल्डस्टोरेज अलपत्र रहेको छ । निर्माण कम्पनीले निर्माण काममा अत्यन्त ढिलाइ गर्दा भारतीय राजदुतावासबाट रकम तथा भुत्तानी नभएका कारण अलपत्र परेको हो । 

कृषि उपज भण्डारण गर्ने उद्देश्यले २ सय मेट्रिक टन क्षमता भण्डारण गर्न सक्ने ४ करोड ९९ लाख २७ हजार रुपैयाँमा ०६९ सालको फागुन १२ गते ठेक्का सझौता भएको कामको हालसम्म ३५ प्रतिशत पनि काम नभएको तानसेन नगरपालिकाका प्राविधिकहरु बताउँछन् । 

नगरमा हालचालै निवार्चित भएका नगर प्रमूख अशोक शाहीले भने एक हप्ता भित्रमा सम्वन्धित निर्माण कम्पनी (ठेकेदार) लाई आफुले फकाएर काम गर्ने प्रतिबद्धता जनाएको पनि लामो समय भयो जसले गर्दा समयमै कोलस्टोरको निर्माण कार्य सम्पन्न हुन नसक्नु नगरपालिकाका कर्मचारीहरु बताउँछन् । 

विगतमा पैसाकै कारण रोकिए तापनि हालसम्म पनि रकम निकासा नहुदाँ निर्माण कार्यले निरन्तरता पाउन सकेको छैन् । जसले गर्दा कोल्डस्टोर निर्माण कार्य सम्पन्न नहुनेमा नगरवासीले आशंका व्यक्त गर्न थालेका छन् । 

निर्माण कम्पनि हिमदुङ्ग , ठोकर जय रत्तकाली ले भने मुख्य सडक देखि निर्माण स्थल सम्म नगरपालिकाले नै पहुँच मार्ग निर्माण गरिदिने शर्त थियो । त्यो काम समयमा नगरपालिका ले नगरिदा कामको ढिलाइ भएको हो । जसले गर्दा ५० लाख रुपैया डुब्ने अवस्थामा रहेको कम्पनीले आरोप लगाएको छ । 

निर्माण कम्पनिले ठेक्का सझौता भएको १८ महिनामा निर्माण कार्य पुरा गर्नु पर्ने सर्त भए पनि पटक पटक नगरपालिकाले म्याद थप्दै आएको थियो । निर्माण कम्पनिले आफु र नगरपालिकाका प्राविधिक विच कमिसन लेनदेनमा नमिल्दा पहुँच मार्ग निर्माण कार्य ढिलाइ भएको कम्पनिको आरोप छ । 

भारतीय दुताबासको सहयोगमा  मुलुकका विभिन्न स्थानमा निर्माण भएका कोल्डस्ट्रोर उपयोगमा आउन समस्या देखिए पछि पाल्पा पनि सोही समस्या दोहोरिन सक्ने आशंकाका कारण दुताबासले भुक्त्तानी रोकेको हुन सक्ने आशंका व्यक्त गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ