arrow

पहिरोबाट विस्थापित भएका परिवारलाई धमाधम राहात विरण गरिँदै

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ साउन ३२ बुधबार
panchtarbadi.jpg

पाँचथर । पाँचथर फालेलुङ गाउँपालिका वडा नम्बर ३ का ७२ विस्थापित घर परिवारका लागि अहिले धमाधम राहात रकम र सामाग्री पदान गरिएको छ । ७२ परिवारका २ सय ४७ जना विस्थापित भएको भैरवी दल गण ओदिन ब्यारेकका गणपत्ति शिवराम पन्तले जानकारी दिए ।

उनका अनुसार १४ वटा घर पहिरोले बगाएको,२६ वटा घर चर्किएर बस्न नमिल्ने भएको, र ३२ घर सामान्य चर्किएको भएपनि वस्न नसकिने भएको छ ।अहिले उनीहरुका लागि १४ वटा घरका लागि १२ हजार रुपैयाका दरले ,२६ वटा घरका लागि ८ हजार रुपैयाका दरले र ३२ वटा घरका लागि ३ हजार ८ सय ७५ का दरले राहात रकम प्रदान गरिएको उनले वताए  ।

यस्तै  वडा नम्बर ३ को खोलाघारीमा ५० थान त्रिपाल,सुत्केरी महिलाहरुका लागि ५ थान ब्लान्केट,१ सय ४० के.जी.चिउरा वितरण भएको जिल्ला दैवी प्रकोप उद्धार समिती पाँचथरका जिल्ला अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए । विस्थापित परिवारहरु अहिले खुल्ला स्थानमा त्रिपाल टाँगेर तथा पशुचौपायको गोठमा शरण लिएर वस्न वाध्य छन् ।

 त्यसैगरी मृत्यु भएका परिवारलाई एक एक लाखका दरले अहिले दुई परिवारलाई दुई लाख रुपैया रकम प्रदान गरिएको छ । फालेलुङका २ का त्रिलोचन विक र फालेलुङ ३ का विष्णुभक्त राईको परिवारलाई १ लाख रुपैया रकम प्रदान गरिएको प्रजिअ खड्काले जानकारी दिए ।

 पहिरोमा परेर हराइरहेकी राईको छोरी गंगाको शव भेटिएपनि बुवा विष्णुभक्त र नातिनी प्रियाको भने अहिले सम्म शव भेटिएको छैन् ।
 यता उद्योग वाणिज्य संघ पाँचथर र नेपाली काग्रेस पाँचथरले समेत जिल्लामा छुट छुट्टै राहात रकम संकलन गरिरहेका छन् । गाउँमै पनि राहात रकम संकलन गरिरहेको स्थानिय दिपसन पौड्यालले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ