arrow

प्रदेश २ मा थपिएकासहित १३६ स्थानीय तहमा निर्वाचन, राज–पत्रमा छापेर पत्राचार

९ स्थानीय तह थप

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार

काठमाडौं । प्रदेश नम्बर २ मा थपिएका ९ स्थानीय तहसहित एक सय ३६ स्थानीय तहमा निर्वाचन हुने पक्का भएको छ । मधेस केन्द्रत राष्टिय जनता पार्टी राजपालाई चुनावमा ल्याउन सरकारले यसअघि नै गरेको निर्णय कार्यान्वयन गर्दै थपिएका स्थानीय तहसहित चुनाव गराउन लागेको हो ।

सर्वोच्च अदालतले सरकारले स्थानीय तह थप्न गरेको निर्णयविरुद्ध परेको रिट खारेज गरिदिएपछि सरकारले थपिएको स्थानीय तहको संख्या राजपत्रमा प्रकाशित गरि पत्राचार गर्न समेत भ्याएको छ ।

अधिवक्ता धनबहादुर श्रेष्ठ र कृष्णचन्द्र झासहित मुद्दाको पक्ष विपक्षमा परेको चार रिट सर्वोच्चले एकै दिन खारेज गरेको थियो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले भने, ‘पहिले सरकारले तराई–मधेसमा २२ वटा स्थानीय तह थप्न भनि गरेको निर्णय कार्यान्वयन भएको हो । यो मन्त्रिपरिषद्को निर्णय हो । मंगलबारको मन्त्रिपरिषद बैठकले समेत २ नम्बर प्रदेशमा ९ वटा स्थानीय तह थप हुने निर्णय अनुमोदन गरेको छ ।’

थप गर्नु अघि २ नम्बर प्रदेशमा एक सय २७ वटा स्थानीय तह थिए ।  यो रापत्रमा प्रकाशित भइ प्रत्राचारको क्रममा छ, सचिव थपलियाले भने, ‘म त्यसैको चिठ्ठी बनाउँदै छु ।’ यद्यपि, अधिवक्ता रमेश बडालले सर्वोच्चको फैसलामा सरकारले स्थानीय तह थप गर्न नसक्ने प्रष्ट्याएको बताएका छन् । संविधानले नै स्थानीय तहको संख्या र सीमा आयोगले मात्रै थप घट गर्न सक्ने व्यवस्थालाई थप प्रष्ट पारेपनि सरकारले आफुखुसी काम गरिरहेको उनको तर्क छ । यसले राजपाले उठाएका मध्ये केही मागहरु सम्बोधन भएको मान्न सकिने बताइएको छ ।

उता, निर्वाचन आयोगले समेत थपिएकासहित एक सय ३६ स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ ।
निर्वाचन आयोगले तेस्रो चरणको स्थानीय चुनावलाई लक्षित गर्दै भदौ १ देखि लागू हुने गरी आचारसंहिता पनि जारी गरेको छ । असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लाका गाउँपालिका र नगरपालिकामा नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ ।  आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आचारसंहिता लागू गरिएको बताएका छन् ।

सरकार, मन्त्री, स्थानीय तह, सार्वजनिक संस्था, सुरक्षा निकाय, दल, सञ्चार माध्यम र सार्वजनिक पदाधिकारीलाई आचारसंहिता लाग्ने छ । उम्मेदवारका हकमा भने भदौ २१ मा उम्मेदवारी मनोनयनपछि लागू हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ