arrow

महान्यायाधिवक्तामा देउवाले ल्याए प्रजातान्त्रिक समूहका भण्डारी

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
attorney-journal-office.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता वसन्तराम भण्डारीलाई महान्याधिवक्ता नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले अधिवक्ता भण्डारीलाई नियुक्तिको सिफारिस गरेका हुन् ।

प्रजातान्त्रिक समूहका भण्डारी यसअघि नेपाल बार एसोसिएसनका अध्यक्षका उम्मेदवार बनेका थिए । लामो समय कानून व्यवसायी रहेका भण्डारी प्रधानमन्त्री नियुक्त भएको झण्डैं दुई महिनापछि सरकारको कानूनी सल्लाहकार बनेका हुन् ।  

सरकारको नेतृत्व परिवर्तन भएसँगै सरकारको सल्लाकारको रुपमा रहने महान्यायाधिवक्ता पनि फरिने चलन छ । यद्यपि, देउवाले सर्वोच्चमा रहेका केही मुद्दाहरु किनारा नलागुञ्जेल श्रेष्ठलाई राजीनामा गर्न दिएनन् । राजीमाना खल्तिमा बोकेर दुई पटक प्रधानमन्त्री कार्यायल पुगेको श्रेष्ठलाई देउवाले अहिले किन हतार गरेको भन्दै फर्काइदिएका थिए ।

श्रेष्ठ भरतपुर महानगरको मतगणना विवादको मुद्दा सल्टिनु अघिनै राजीनामा दिन तयार भएका थिए । तर, देउवाले त्यो बेलामा पनि रोके । पछि स्थानीय तहको संख्या बढाइएकोबारे सर्वोच्चमा विचाराधिन मुद्दा खारेज भएपछि मात्रै श्रेष्ठले पदबाट राजीनामा दिए । सरकारको प्रमुख कानुनी सल्लाहकारको रुपमा रहने महान्यायाधिवक्तामा प्रधानमन्त्रीले  प्रायः आफु निकट व्यक्तिहरुलाई नियुक्त गर्ने परिपाटी बसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ