arrow

बिहारमा बाढीबाट ९१ को मृत्यु, करिब एक करोड बासिन्दा प्रभावित

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
bihar_duban.JPG

नयाँ दिल्ली । भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन् । गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ ।

बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको बताइएको छ । ती क्षेत्रमा अहिले पनि वर्षाको क्रम जारी रहेको छ । जसका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ । बाढीका कारण लाखौँलाख नागरिक विस्थापित भएर सरकारले व्यवस्था गरेका शिविरमा बास बसिरहेका छन् । त्यस्तै हजारौँ जना घरबारबिहीन बन्न पुगेका छन् ।

बिहारका १२ जिल्लालाई बाढीले बढी मात्रामा प्रभावित पारेको छ । सरकारले उद्वारकार्यलाई तिब्रता दिएको जनाएको छ । बाढीबाट प्रभावित भएकालाई शिविर बनाएर राखिएको छ । सो शिविरमा कैयौँ नागरिक बसिरहेका छन् । केही हराएका छन् । बाढीमा परेर हराएकाको खोजीकार्य जारी छ । प्रभावित क्षेत्रमा ३५० शिविर निर्माण गरिएका छन् । ती शिविरमा हजारौँ नागरिक बसिरहेका बताइएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले उद्वार र राहात वितरणका लागि दुई वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।  बिहारमा मङ्गलबारसम्म बर्षा नरोकिएकोले पानीको सतह घटेको छैन । यसका कारण उद्वारको काम पनि कठिन भइरहेको बिहारका प्रवक्ताले जानकारी दिएका छन् ।सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ