arrow

देशभर सडक मर्मत गर्न चार अर्ब रुपैयाँ

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
kathmandu-road.jpeg

काठमाडौं । सरकारले देशभर सडक मर्मत गर्न वार्षिक चार अर्ब रुपैयाँ विनियोजन गर्ने गरेको छ। 

सडक मर्मतका लागि सरकारले आयल निगम र यातायात व्यवस्था विभागमार्फत वार्षिक २० अर्ब २७ करोड रुपैयाँ संकलन गरिरहेको छ। 

सडक मर्मतका नाममा सरकारले सडक बोर्ड ऐन २०५८ ले दिएको अधिकार प्रयोग गरेर रकम संकलन गर्छ। 

तर यो रकमबाट सडक बोर्ड नेपाललाई वार्षिक चार अर्ब रुपैयाँ मात्र खर्च गर्ने अधिकार दिइएको छ। 

देशैभरका सडक मर्मत गर्नुपर्ने भए पनि अर्थ मन्त्रालयले लागतभन्दा न्यून रकम मात्रै निकासा गर्दा समस्या भएको सडक बोर्ड नेपालका निर्देशक सागर ज्ञवालीले बताए। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुधबार आयोजना गरेको कार्यक्रममा यस्तो दस्तुर नेपाल आयल निगम, यातायात व्यवस्था विभाग र स्थानीय निकायबाट संकलन गरिएको जानकारी दिइयो। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ