arrow

तरुण दल बाढी पिडितका लागि राहत संकलन गर्दै

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
rahat.jpg

इटहरी । गत शुक्रबार राति आएको बाढीबाट पीडित बनेकाहरुका लागि नेपाली काँग्रेसको युवा दस्ता तरुण दलका युवाहरु राहत संकलनमा लागेका छन् । 

विभिन्न देशका युवाहरुबाट सहयोग रकमहरुलाई संकलन गर्दै पिडितहरुलाई राहत संकलन भईरहेको हो । 

२ सय ३० थान त्रिपाल, २१ कार्टुन लत्ताकपडा लगायतका सामाग्री संकलन भईसकेको जनाइएको छ ।

 नेपाल तरुण दलका सुनसरी सभापति शिजन गुरुङले राहत संकलनमा लागी परेको बताए । 

उनले पिडितहरुको लागी काठमाडौं तथा अन्य ठाउँबाट आएको रकम सामाग्री सुनसरीका बाढीपिडितहरुलाई बाँड्ने बताए । 

‘सुनसरीमा परेको विपतीले धेरैको मन रोएको छ यतीवेला हामीले सहयोग गरौ र गर्ने वातावरण मिलाउँ’, सभापति गुरुङले भने । 

 वुल्स इलेभेन क्लब इटहरीका अध्यक्ष पूर्ण राईले बाढी पिडितहरुलाई राहत संकलनको कार्य भईरहेको बताए । 

बाढी पिडितहरुलाई वस्न खानको लागी राहतको आवश्यक परेकोले राहत संकलन तथा वितरण भईरहेको उनको भनाई थियो । 

इटहरी बर्षेनी ढुब्नुमा नेताहरुको कमजोरी भएको भन्दै बाध बाध्ने काममा स्थानीय तथा केन्द्रिय सरकार सक्रिय हुन उनको आग्रह छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ