arrow

नेपालले पहिलो पटक आफैं सगरमाथाको उचाई नाप्दै, भारतको इच्छा असफल 

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
sagarmatha.jpeg

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई पहिलोपटक नेपाल आफैंले नाप्ने तयारीमा जुटेको छ । ०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि सगरमाथाको उचाई पहिले भन्दा बढेको हुनसक्ने बैज्ञानिकहरुको दाबीपछि सगरमाथाको उचाई नाप्नुपर्ने बताईरहँदा यसपटक भने आफ्नै लगानी र कर्मचारी प्रयोग गरेर  सगरमाथाको उचाई नाप्ने तयारीमा नापी विभाग जुटेको हो  । 

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टका अनुसार नेपालले पहिलो पटक सगरमाथाको उचाई नाप्ने प्रयास गरिरहेको छ । विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाइ संयुक्तरुपमा पुनः नाप्नका लागि भारतले पटकपटक आग्रह गरेको नापी विभाग स्रोतले जानकारी दियो । तरपनि नेपालले यस पटक आफैं उचाई नाप्न लागेको हो । भारतको इन्डो नेपाल साइन्टिफिक एक्पिडिसन नेपाल र भारतको संयुक्त टोलीले सगरमाथाको उचाइ नाप्नका लागि प्रस्ताव गरिएको यस अघि नै भारतका विज्ञानमन्त्री हर्ष बर्दनले भारतीय सञ्चारमाध्यमलाई बताएका थिए ।

महानिर्देशक भट्टका अनुसार यो वर्ष नेपाल आफैंले नाप्ने भनी दुई करोड सुरुमा बजेट नै विनियोजन भईसकेको र उचाई नाप्नको लागि आवश्यक सबै प्रक्रियाहरुको तयारी भईरहेको बताएका छन् । उनका अनुसार कात्तिकको अन्तिम तथा मंसिरको सुरुदेखि काम सञ्चालन गर्ने तयारी भईरहेको छ । विभागले अप्रिलसम्ममा सबै काम पूरा गर्ने तयारी गरिरहेको छ । पहिले उचाई नापेको ठाउँ कहाँ हो र त्यो ठाउँ अहिले भेटिन्छ कि भेटिँदैन भन्ने अहिले यकीन नभएकोले अब कुन् कुन् ठाउँबाट नाप्न सकिन्छ भनेर आफूहरुले ठाउँ हेरिरहेको उनले बताए । 

उनले यसको लागि कूल ५० जना कर्मचारी सबै प्रक्रियाको लागि आवश्यक पर्छ भने कूल १५ करोड जति बजेट लाग्ने अवस्था रहेको बताए । अहिले सबै आवश्यक सामानहरुको बन्दोबस्त हुन लागिसकेको भन्दै अप्रिलमा हुने एभरेस्ट समिट पूरा हुनुभन्दा पहिले नै सो काम सक्ने प्रयास विभागको रहेको उनले बताए । उचार्इ मापन गर्ने बेलामा सबै देशका एक एकजना बैज्ञानिकहरुको प्रतिनिधि भने बोलार्इने उनले स्पष्ट बताए ।  

सन् १९५४ मा सर्वे अफ इण्डियाले सगरमाथाले उचाई नापेको थियो । सर्वे अफ इन्डिया भारतको सरकारी नापी विभाग हो । अहिले पनि भारतले आफैँले उचाई नाप्न प्रयास गरेको भएपनि नेपालले यसपाली आफैंले उचाई नाप्न लागेको हो । भट्टले उदयपुरको बाँसघारीदेखि उचाइ मापन गरिने जनाएका छन् । एक सय ६२ बर्ष अघि मापन भएको सगरमाथाको उचाइ हालसम्म ८,८४८ मिटर अर्थात् २९ हजार २८ फिट मानिदै आएको छ । 

बैज्ञानिकको अध्ययन पुष्टि गर्ने जिम्मेवारी 
भट्टले यो उचाई मापन सगरमाथाको उचाई मापन मात्रै नभएर बैज्ञानिकहरुको दाबीको परीक्षण गर्ने जिम्मेवारी रहेको बताए । अहिले विनाशकारी भूकम्पपछि इन्डियन प्लेट केही माथि भएकोले अहिले हिमालको उचाई पनि केही बढी हुने बैज्ञानिकहरुको दाबी छ । उनीहरुले इन्डियन प्लेटको कारण सगरमाथाको उचाई पनि बढेको बताएका छन् । यस अघिदेखि नै बैज्ञानिकहरुको यो दाबी अहिले उचाई नापेपछि सही हो या गलत के हो भन्ने स्पष्ट हुने बताए । त्यसैले पनि यो उचाई मापनको महत्व बढी रहको विभागले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ