arrow

नेपालले भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ : गगन थापा

logo
नारायण रिजाल,
प्रकाशित २०७४ भदौ १ बिहिबार
gagan_thapas.jpg

बागलुङ । पूर्व स्वास्थ्यमन्त्री एवं सांसद गगन कुमार थापाले छिमेकी देश भारतले हाम्रो सिमानामा बनाएको बाधले गर्दा तराई डुबानमा परेको भन्दै नेपालले भारतलाई बाँध भत्काई भन्ने हिम्मत गर्नुपर्ने बताएका छन । बागलुङ उद्योग बाणिज्य संघ अन्तर्गत महिला उद्ममि बिकास समितिले आयोजना गरेको दोस्रो तीज महोत्सबको उद्घाटन गर्दै मन्त्री थापाले अहिले देश रोईरहेको र त्या कारण पनि त्यही बाँध भएका कारण सबैले एकजुट भएर भारतसंग त्यो बाध भत्काउन माग गर्नु पर्ने थापाले बताए ।

अहिले राष्ट्रियताको सवालमा यदि जुटने हो भने संसदबाटै भारतसँग बाँध भत्काउनका लागि आँखा जुधाउएर कुरा राख्नुपर्छ उनले भने देशमा आपत परेको छ र भारत टुलुटुलु हेरको छ कयौको घर डुवाएको छ त कतिको मृत्यु भएको छ यो बेला चुप लागेर बस्ने बेला हैन थापाल थपे  । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका थापाले अहिलको सवालमा एक हुन नसके प्रत्येक बर्ष डुबानमा परि धेरैको बिचल्ली हुने बताए ।

उनले नेपालमा भएको युवा जनशक्ति लाई देश भित्रै काम गर्ने अबसर सृजना गर्न सके मात्र बिदेश जाने युवालाई रोक्न सकिने बताए । हामी खाली नारा र भाषणको गित गाएर त्यो समस्या राक्न सक्दैनौ यसको लागि युवा लक्षित कार्यक्रम ल्याएर व्यवसायि बताउन जरुर रहेको छ । उनले दशवर्ष जनयुद्ध र नेपालको भएका विभिन्न चरणका अन्दोलनले देश पछाडि परेको भन्दै अबको देश बनाउने जिम्ममा पनि युवाको हातमा सुम्पीनुपर्ने बताए ।  

देशमा उद्योग धन्दा कलकारखाना खोल्ने बाताबरण सरकारले श्रृजना गरे यहीका उद्यमीहरुले लागतनी गर्न सक्ने थापाले बताए । थापाले नेपाल बहुजाती बहुभाषीले भरिपुर्ण राष्ट्र भएका कारण आफ्नो सस्कृति संरक्षणमा सबै लाग्नुपर्ने बताए । उनले महोत्सवमा निकालिएको झाँकी तथा सस्कृतिको प्रशंसा गर्दै समाजका हरेक परम्परागत सस्कृतिको संरक्षणमा सबै जुटनुपर्ने बताए । महोत्सव ३ दिन सम्म संचालन हुने मुल आयोजक समितिका संयोजक भगवती केसीले बताईन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ