arrow

विराटनगर महानगरको पहल : निजी तथा सरकारी अस्पतालमा बाढी पीडितको नि:शुल्क उपचार

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ भदौ १ बिहिबार
biratnagar2.jpg

मोरङ । विराटनगर महानगपालिकाले नगर क्षेत्रभित्र बाढी र डुवालबाट पीडितलाई अस्पतालमा निशुल्क उपचारको व्यवस्था मिलाएको छ ।  महानगरपालिकाको पहलमा निजी एवं सरकारी अस्पतालले यो सुविधा प्रदान गरिएको हो ।

महानगरपालिकाले पत्रकार सम्मेलन गरी बाढी पीडितका लागि कोशी अञ्चल अस्तपालसहित विराटनगरका निजी अस्पतालमा उपचारको व्यवस्था मिलाएको जनाएको छ ।

एशोसियशन अफ प्राइभेट हेल्थ इन्सिच्युट अफ नेपाल–अफिनको सहकार्यमा विराटनगरका–१८ वटा अस्पताल मार्फत बाढी र डुवान पीडितलाई निःशुृल्क उपचार दिने व्यवस्था गरिएको हो ।

मेयर भीम पराजुलीले बाढी र डुवानका कारण पशु चौपायको मृत्यु भएको भन्दै त्यसबाट उत्पन्न हुन सक्ने प्रकोप जन्य रोगको निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए । अहिले सम्म कोशी आन्चल अस्पतालमा सय बढी बाढी पीडितहरुले उपचार गराएको जनाइएको छ ।

यस्तै, विराटनगरका निजी स्वास्थ्य संस्थाको सक्रियतामा नगरको १९ वटै वडामा स्वास्थ्य शिविर संञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ । विभिन्न शिविर मार्फत अहिलेसम्म १६ सय ९१ जनाको उपचार गरिएको पनि महानगरपालिकाले जनाएको छ ।

अफिनका केन्द्रिय उपाध्यक्ष डा. कैलास श्रेष्ठले महानगरको आग्रह अनुसार नगर क्षेत्रमा रहेका निजी अस्पतालले बाढी पीडीतको निःशुल्क उपचारको व्यवस्था शुरु गरिसकेको दिए । विभिन्न स्वास्थ्य शिविर एव अस्पतालमा आएका विरामीको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको डा. श्रेष्ठको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ