arrow

युनियनले टुङ्गायो महासंघको महाधिबेशनमा जाने उम्मेद्वारको नाम

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
Nepal-Press-Union_20140908050041.jpg.jpeg

काठमाडौं ।  नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घ को आसन्न २५ औ महाधिबेशनको लागि बाकी उम्मेद्वार चयन गरेको छ । युनियनको बिहिबार बसेको बैठकले  खुल्ला सदस्यमा लक्ष्मण कार्की नकुल अर्याल र हरिहर सिङ राठोर, मधेसी सदस्यमा अबदेश्कुमार झा अपाङ्गमा माधब चौलागाई चयन गरेको छ ।

 त्यस्तै अल्पसङ्ख्यकमा मोहम्म्मद इजहार हक मिक्रानी र दलित सदस्यमा सुर्य बिक, प्रतिस्ठान सदस्यमा यम बिरहि, महिला सदस्यमा सिर्जना अर्याल र जानुका बराल भिडने भएका छन् । अर्याल युनियनकी केन्द्रीय सदस्य र बराल ललितपुर सभापति हुन् । यस्तै लेखा समिती सदस्यमा मिरा राजभण्डारीको नाम टुङ्गो लगाएको युनियनका उपाध्यक्ष बिजय सन्तोशी राइले जानकारी दिए ।

 यस्तै प्रदेश अन्तर्गत २ नम्बरबाट सैलेन्द्र झा,  ३ बाट राजकुमार कार्की, ४ बाट दिलिप पौडेल, ५ बाट पुरुसोत्तम सुवेदी, ६ मा कलेन्द्र सेजुवाल र उपत्यकाबाट श्रीजन झा को नाम तय गरेको राईले जानकारी दिए । साथै लेखा समिती सदस्यमा मिरा राराजभाण्डारिको नाम तय गरेको छ । प्रदेश नम्बर १, ७ र जनजाती एसोसियेट सदस्यको नाम भने भोलि टुङ्गो लाग्नेछ । अधिबेशनमा युनियनले प्रेस सेन्टर र प्रगतिसिल पत्रकार संघसँग  सम्युक्त प्यानल बनाएर चुनाब लड्दै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ