arrow

भारतमा आठ दिनमा ३४ कृषकले गरे आत्महत्या

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
farmers-1.jpg

नयाँदिल्ली। भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन् । राज्यका आठ जिल्लाका स्थानीय अधिकारीहरूले सङ्कलन गरेको विवरणमा यस्तो देखिएको भारतीय सरकारद्वारा सञ्चालित अल इन्डीया रेडियोले बिहीबार जनाएको छ । यही अगस्ट ६ देखि १३ सम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको अधिकारीले जानकारी दिएका छन् ।

बर्षाको समयमा पनि औषत भन्दा कम बर्षा भएकोले बालीको उब्जनी कम हुने भन्दै कृषक चिन्तामा रहेको उनीहरूको भनाइ छ । किसानले कृषि ऋण र क्षतिपूर्ति मागिरहेका थिए ।  सन् २०१७ को सुरुदेखि अहिलेसम्म महाराष्ट्र राज्यभर झण्डै ५८० भन्दा बढी किसानले आत्महत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

गत हप्ता मात्रै भारतको आर्थिक राजधानी मुम्बईमा किसानले बृहत् प्रदर्शन गरेका थिए । उनीहरूले सरकारी जागिर र शैक्षिक संस्थामा कृषकका लागि छुट्टै कोटाको व्यवस्था गर्न पनि माग गरेका थिए । प्रदर्शनकारीले आफुहरूको ऋण मिनाह गर्ने सूचीमा राखिदिन पनि सरकारी पक्षसँग आग्रह गरेका छन् ।

महाराष्ट्र राज्यमा माराठा समुदायको एकतिहाई जनसङ्ख्या रहेको र उनीहरु अधिकांश कृषि पेशामा आवद्ध रहेका छन् । भारतमा पछिल्ला केही समय कृषिका लागि प्रतिकुल मौसम भएकाले कृषक पीडित भएका हुन् । कहिले सुख्खा हुने त कहिले अत्यधिक बर्षा भएर बाढीको असर पर्ने गरेको छ ।
जलबायु परिवर्तनका कारण गत तीन बर्षको अवधिमा भारतमा ५९ हजार भन्दा बढी जनाले आत्महत्या गरेको गत हप्ता सार्वजनिक भएको क्यालिफोर्निया विश्वविद्यालयको एक अध्ययनले देखाएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ