arrow

साफ यु–१५ फुटबल च्याम्पियनसीप भिडन्त हुँदै, शुक्रबार श्रीलंका र बंगलादेश भिड्दै 

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
mcm_pm_(21).jpg

काठमाडौं । साफ यु–१५ फुटबल च्याम्पियनसीप शुक्रबारबाट शुरु हुँदैछ । शुक्रबारको उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्दै छन् । 

प्रतियोगितामा ६ टोलीलाई दुई समुहमा विभाजन गरी खेलाइने छ । पहिलो समुहमा श्रीलंका र बंगलादेशसंगै भुटान रहेको छ भने दोस्रो समुहमा आयोजक नेपालसहित भारत र माल्दिभ्स रहेका छन् । 

नेपालले आफ्नो पहिलो खेलमा सोमबार माल्दिभ्ससँग खेल्ने छ ।

यसअघि बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा सबै टिमका प्रशिक्षक तथा कप्तानले आफैले नै प्रतियोगिता जित्ने दाबी गरे । 

नेपाली टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले टिम उपाधिकै लागि भिड्ने बताए । कठिन समुहमा परेकाले पहिलो उद्धेश्य सेमिफाइनलमा पुग्नु रहेको पनि उनले खुलाए ।

आयोजकको नाताले पनि आफुहरुमाथि दबाब बढी रहेको श्रेष्ठले सुनाए ।

उनले नियमित कप्तान पृथ्वी चौधरी घाइते भएकाले रोशन राना मगरले टिम कप्तानी सम्हाल्ने बताए । 

प्रतियोगिता १० दिनसम्म चल्नेछ । खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र सशस्त्र प्रहरीको हलचोक मैदानमा हुनेछन् ।

उद्घाटन खेल दिउँसो ३ः०० बजे सुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ