arrow

धनकुटामा नौ हजार मतदाता थपिए

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
dhankuta.png

धनकुटा । प्रदेश एवं संघीयसभाको निर्वाचनको पूर्वसन्ध्यामा फोटोसहितको मतदाता नामावली संकलनमा जिल्लामा नौ हजार ३०० मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

साउन १ देखि ३२ गतेसम्म जिल्ला जिल्लाका सातवटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन गर्दा नौ हजार ३०० समावेश भएका छन् । 

छुटेका मतादातामध्ये सबैभन्दा बढी धनकुटा नगरपालिकामा मात्र चार हजार १०० मतदाता थपिएको कार्यालयले जनाएको छ । 

आगामी निर्वाचनका लागि फोटोसहित नामावली दर्ता गर्न साउन महिनामा १८ वर्ष उमेर पुगेका नागरिकको उत्साहपूर्वक सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय, धनकुटाले जनाएको छ । 

सीमित साधनस्रोत र जनशक्तिबाट सातवटा स्थानीय तहका कार्यालयमा फोटोसहितको नामावली तयार गर्न दैनिक १० घण्टा सेवा दिई नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यलयका प्रमुख प्रदीप शाहले बताए । 

दुई निर्वाचन क्षेत्र र सातवटा स्थानीय तह रहेको जिल्लामा साउन १ देखि ३२ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरिएको कार्यालयले जनाएको छ । 

अधिकांश बसाँई सरी आएका र विदेशबाट फर्किएका युवाले नामावलीमा नाम समावेश गरेका छन् । नामावली संकलनसँगै नाम, ठेगाना, विवरण फरक परेका एवं आफ्नो नाम ठेगाना सच्याउनसमेत निवेदन आह्वान गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ