arrow

वर्ल्डलिंक सेवा अझ नजिक, अब नयाँ बानेश्वरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७४ भदौ २ शुक्रबार
worldlink-baneshwore.jpg

काठमाडौं। नेपालकै सर्वोत्कृष्ट तथा अग्रणी इन्टरनेट सेवा प्रदायकको रुपमा सुपरिचित भई संचार जगत्मा राम्रो र छिटो सेवा दिदै आएको वल्र्डलिङ्कले ग्राहकवर्गको आकर्षणलाई ख्याल राख्दै समय सापेक्ष ग्रहकवर्ग माझ भरपर्दो सेवाको अनुभव दिलाउदैँ संचार प्रवाह उत्कृष्ट बनाउने लक्ष्यसाथ सेवालाई गुणस्तरीय, छिटो र छरितो बनाउन विभिन्न नयाँ शाखा विस्तार गर्ने योजना स्वरुप आज नयाँ बानेश्वर स्थित नयाँ शाखा संचालनमा ल्याएको छ।

नयाँ शाखा विस्तार पश्चात् ग्राहकहरुले वल्र्डलिङकसँग सजिलै आवद्ध भई सेवा लिने र सजिलै नगद भूक्तानी गर्न सक्नेछन्। यतिमात्र नभई विभिन्न शाखा विस्तार पश्चात् देशका विभिन्न ठाउँमा बसोबास गर्ने मानिसहरुले सजिलै वल्र्डलिङकको सेवा तथा सुविधालाई बुझ्दै प्रयोगमा ल्याउन सक्ने छन्।

यसबाट कम्पनी र सर्वसाधरण दुबैलाई फाइदा पुग्ने प्रारम्भिक अनुमान रहेको छ। साथै १ बर्षको इन्टरनेट सेवा अग्रिम बुकिङ्ग अथवा जडान गर्ने ग्राहकहरुलाई २ महिना निशुल्क सेवा उपलब्ध गराइने प्रावधान रहेको छ। यो योजना भाद्र १ देखि ७ सम्म उपलब्ध गराइने छ।

हालमा वल्र्डलिङकको ६ वटा शाखा काठमाडौँ भित्र र २१ वटा शाखा काठमाडौं बाहिर रहेकोमा आगामी दिनमा १५ वटा शाखा काठमाडौं भित्र स्थापना गरी काठमाडौं बाहिर आवश्यकता अनुसार स्थापना गर्ने लक्ष्य रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ