arrow

देशको पिडाले दुखेको मन

logo
दुसवि भट्टराई,
प्रकाशित २०७४ भदौ २ शुक्रबार
dusabi-sharma1.jpg

आबुधावी ।

मेरो देश डुब्नै लाग्यो किनार लगाइलेउ
सपुत छौ कि कोही माझी बचाइदेउ ।
माथिको देशभक्तिका शब्दझै आज मेरो देशलाई यो बाढीबाट बचाउने माझीको खाचो छ । डाक्टर भोला रिजालको शब्द र सत्यस्वरुपको संगीत र आवाजमा सजिएको गीतले भने जस्तै मेरो देश बचाउन हामी आफै माझी बन्नुको बिकल्प छैन ।

बाढी पहिरो आएर आज देश विपत्तिमा छ । हजारौ घरबार विहिन भएको खबर अपडेटहरु सुनिदै छ । कहिले भुकम्पको जोखिम त कहिले बाढी पहिरोको त्रासले हरेक रात दिन शान्तिको आभाष गर्न पनि असहज भएको मेरो देशका दुःखद खबरले मन पनि आत्तिएको छ । आफ्नो परिवार छोडेर विदेशिएकाहरु देशमा आएको विपत्तिले त्रसित देखिन्छन ।

   के गर्ने होला कम्पनिबाट छुट्टी मिल्दैन बहिनी घर पनि डुब्यो भन्छन हिजोदेखि केही खबर छैन । भन्छिन आबुधाबीमा काम गर्ने एक महिला । बसको यात्रा गर्दै गर्दासंगै भेट भएकी ति महिलाले नेपाली नै भएर आफ्नो दुखेसो पोखिन । घरमा सबै सुरक्षित नै छन भन्ने खबर सुनेपनि नदेखुञ्जेल मनमा चैन हुन्न रहेछ उनी भन्छिन ।

 हो पनि परिवारको सुख शान्ति र बालबच्चाको भविश्यको लागि विदेशिनु परेको दुख एकातिर छ अर्कोतिर परिवार दुखमा पर्दा कम्पनिले छुट्टी नदिने समस्या । काममा गयो मोवाइल चलाउन पाइन्न कामको अवधिभरि मन गाउँघरमा, ज्यान परदेशमा । सामाजिक सञ्जालमा मनको बह लेख्यो मन बुझायो । तरपनि यो मन त्यो बाडी भन्दा कम गडगडाएको छैन ।

  सुपरमार्केटमा सामान किन्न जादा नेपालीहरु बोलेको ध्यान दिएर सुने । एक नेपाली भन्दै थिए , तिमीलाई केको टेन्सन र तिम्रो परिवार सुरक्षित छ मेरो त बेहाल छ । दुख गरेर बालबच्चा पढाउदै थिए घरवालीलाई रोग लाग्यो , त्यता खर्च भयो बल्ल निको भएर पसल चलाउदै थिइ त्यो पनि दैवले देख्न सकेनन । बाचेर पनि मरे सरह भएको छु ।  फेरी उनले भने मेरो त घर परिवार सकुशल त छ तर गाउँमा कयौको परिवार विपत्तिमा छ केही सहयोग गर्न पाए हुने । आफ्नो गरि खाने भाडो खोसिदा पनि अर्काको देशमा दुख गर्नेहरुको मनमा विपत्तिमा परेकाप्रति कस्तो सहयोगी भावना ।

 दुःख लाग्छ हाम्रो देशमा जनता लुटेर कमाएको रकम जनताको दुःखमा पनि सहयोग बनेर आउन्न नेताहरुबाट । भाषण दिन त सबैले सक्छन तर ठुलो होस या सानो आफ्नो औकात अनुसार सहयोग गर्नु मानबीयता हो भन्ने पनि सोच आउन्न नेतृत्वममा बसेर देश हाक्नेहरुमा । अहिले सामाजिक सञ्जालहरुमा राखिएका तस्वीरमा सप्तरीका नेताहरु बाढीपिडित स्थानमा अवलोकनमा जादा इटा राखेर हिड्ने बाटो बनाइदिनुपर्ने जस्तो तस्बीर देख्दा नेतृत्वप्रति नै उदाश लागेर आयो । सँगै त्यही स्थानमा कलाकार र समाजसेवी सिताराम कट्टेल साथै दिपेश पुन सहयोगी बनेर स्थानीयको सहयोग गरेको तस्वीर एउटा प्रेरणा बन्यो । यसैबाट पनि प्रष्ट हुन्छ कि साथ र सहयोग कुर्सिका लागि गर्ने र दिलोज्यान दिएर गर्नेको भिन्नता ।

जे भएतापनि यो दैविक विपत्तिको घडीमा आफुले सक्ने सचेतता अपनाउनुको विकल्प छैन । हिन्दुधर्मावलम्बीहरुको महान चाड दशै नजिकिदै गर्दाको यो मौसमी परिवर्तनले निम्त्याएको समस्या कहिल्यै निको नहुने घाउ बन्यो कयौ परिपारका लागि । कतिले आफन्त गुमाए त कतिले काख कतिले कोख रित्याए । परदेशमा बसेर आज मेरो देशका कयौ आपत्तिमा पर्दाको पिडा हिजो सोधेर लेख्थे होला आज खबर सुनेर वा सामाजिक सञ्जालको माध्यमबाट देखेर ।
 यस्ता दुःख विदेशमा भएकाहरुमा पनि कम छैनन , घरमा फोन गरेको दिदी केही गर्दानी लाग्दैन के गर्ने होला ? के कस्तो छ पनि बुझ्न पाइएन भन्दै गुनासो गर्ने धेरै छन यो खाडीमा । हिजो सकुशल छु भन्दै कुरा गर्ने आज बेपत्ता छन् । त्यती मात्र होइन मृतकलाई दाहसंस्कार गर्ने जमीन नभेट्दा पानीमा लाश विषर्जन गर्नुपर्ने तस्वीरको यथार्थताले मन भक्कानिएर आउँछ ।

 बाध्यता आफ्नो देश जान्छु भन्ने बित्तिकै कम्पनि राजी हुन्न । यो विदेशिएकाहरुको पिडा पनि कम छैन । सबैलाई अवगत नै छ कि बिदेशिएकाहरुको आर्थिक सहयोग पनि कम छैन । चाहे दिनभर काम गरेर दुख गरेर कमाएको रकम होस त्यो नेपालीको लागि सहयोगी बनेर नै भएपनि नेपाल भित्रिदै छ । त्यो रकम र राहतका सामाग्री सही स्थानमा पुगेको मात्र सुन्न पाए अर्काको देशमा बेचेको पसिनाको कदर हुने थियो । राहत सामाग्रिको वितरणमा बिचौलियाहरुको चलखेल नहोस ।  आजको दिन वित्यो अबको हरपहरमा बाढीले ज्यान लिएको सुन्न नपरोस । राज्यले सक्ने  सहयोग गरोस । घरबार विहीनहरुको छानो र मानोको लागि आएका सहयोगमा सरकारको पनि सहयोग रहोस ।

बाढीमा परेर ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्दासुमन । साथै घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ