arrow

बाबुराम आफैले रित्याए नयाँ शक्ति, देवेन्द्र पौडलसहित १५ जना निष्काशित

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
naya_sakti.JPG

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले असन्तुष्ट नेता देवेन्द्र पौडेलसहित १५ जनालाई पार्टीबाट निष्काशन गरेको छ । नयाँ शक्तिले उनीहरुलाई पार्टी विरोधी गतिविधि गरेको भन्दै निष्काशन गरेको हो ।

शुक्रबार मात्रै देवेन्द्र पौडेलको नेतृत्वमा बृहत धुव्रीकरण संयोजन समिति गठन भएको थियो । यस्तै, पासाङ शेर्पाको नेतृत्वमा एकताका लागि वार्ता टोली समेत गठन भएको छ ।  

केही दिन अघि मात्रै पौडेल समूहले राजधानीमा पत्रकार सम्मेलन गरेर ध्रवीकरणबारे धारणा सार्वजनिक गरेको थियो । पौडेलसहितका नेताहरुले गरेको पत्रकार सम्मेलनले पार्टी र नेतृत्वप्रति भ्रम सिर्जना गरेको भन्दै नयाँ शक्तिका संयोजक डा. भट्टराईले उनीहरुलाई  स्पष्टिकरण सोधेका थिए ।

स्पस्टिकरणमा सह–संयोजक रामचन्द्र झा र रामकुमार शर्मा समेत परेका थिए । झा र शर्मा दुबैले स्पस्टिकरण नबुझाउँदा यसअघि नै पार्टीबाट निष्काशित भइसकेका छन् । पौडेलसिहितका नेताहरुले भने स्पस्टिकरण बुझाएका थिए । स्पस्टिकरणबारे प्रतिक्रिया नै नदिई नयाँ शक्तिले १५ जनालाई निष्काशन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ