arrow

महासंघको नयाँ नेतृत्वकालागि निर्वाचन प्रक्रिया शुरु

logo
प्रकाशित २०७४ भदौ ३ शनिबार
FNJ-logo.jpg.jpeg

काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया शुरु हुने भएको छ । निर्वाचन समितिका संयोजक चिरिञ्जीवी खनालले शनिवार विहान १० बजेदेखि निर्वाचन कार्यतालिका शुरु भएको जानकारी दिए । 

उनका अनुसार उम्मेदवारी मनोनयन प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित महाधिवेशन स्थलमा आइतबार दिउँसो १२ देखि ३ बजेसम्म हुने भएको छ । शनिबार १० बजे मतदाता नामावली प्रकाशन, १० देखि १२ बजेसम्म मतदाता नामावलीमाथि विरोध, दिउँसो ३ देखि ४ बजेसम्म मतादाताको नामावलीमाथि दाबी विरोध राखिएको थियो । 

समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन ३ बजेर ४५ मिनेटमा गरेको छ । नेतृत्वका लागि सोमबार बिहान ९ बजेदेखि साँझ ३ बजेसम्म मतदानको समय तोकिएको समितिका संयोजक खनालले जानकारी दिए । मतगणना भने महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा हुनेछ । 

महाधिवेशनले महासंघको ४५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । करिब एक हजार ५१५ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुनेछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ