arrow

भारतीय सेनाका पेन्सनरलाई पढ्ने भोक, असी वर्षमा क, ख सिक्दै अम्मरबहादुर

logo
प्रकाशित २०७४ भदौ ४ आइतबार
abcd.jpg

बाबियाचौर । बेनी नगरपालिका– १ रत्नेचौरका एक वृद्ध ८० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थालेका छन् ।  

रत्नेचौरको उपल्लाचौरका ८० वर्षीय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थालेका हुन् । 

गत वैशाखमा भर्ना भएका थापा नियमित विद्यालय आउने र अरु विद्यार्थीसँगै बसेर पढ्ने गरेको नेशनल एकेडेमीका प्राचार्य याम थापाले बताए । 

उनले नेपाली र अंग्रेजी अंक, अक्षर लेखपढ सिक्नका लागि विद्यालय भर्ना भएको बताए । धार्मिक ग्रन्थ अध्ययन गर्न, हरहिसाब गर्न, आफ्नो, परिवारका सदस्य र ठाउँको नाम चिन्ने उनको उद्देश्य छ । 

बौद्ध धर्ममा आस्था राख्नुहुने थापाले पढ्न नजान्दा धर्मग्रन्थका बारेमा बुझ्न नसकेका कारण आफैँले पढेर ज्ञान हासिल गर्ने अठोट लिएका हुन् । 

उनी भारतीय सेनाका पेन्सनर हुन् । पच्चीस वर्षअघि पेन्सन आएका थिए । 

थापा नातिनातीनासँगै झोलामा कापी, कलम र किताब बोकेर विद्यालय आउने र पढाइमा निकै चासो दिने गरेको शिक्षिका टीका थापाले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ