arrow

ओरालो लागेका सलमान भन्दा शाहरुख धनी, यस्तो छ बलिउड संघर्षको कथा

logo
प्रकाशित २०७४ भदौ ४ आइतबार
salman-saharukh.jpg

एजेन्सी ।  बलिउडका तीन खान सलमान, शाहरुख र आमिरले ३० बर्षभित्र बलिडका प्रचलनहरुमा धेरै परिवर्तन ल्याए ।  सलमान र शाहरुखको हालैका चलचित्र फ्लप भएसँगै उनिहरुको सुनौला दिनहरु सकिनै लागेको अड्कल काट्न सुरु गरिएको छ ।  तर  अर्का खान  आमिरको चलचित्रले भने अहिले पनि  राम्रो व्यापार गरिरहेको छ ।

शाहरुख र सलमानसँग ५ हजार ५ सय करोड भारतिय रुपैया बराबरको सम्पत्ति रहेको छ ।  सलमानको तुलनामा शाहरुख धनि छन् ।  शाहरुखसँग ४ हजार करोड रुपैया सम्पत्ति रहेको छ । त्यस्तै सलमानसँग  १ हजार ५ सय करोड रुपैया सम्पत्ति रहेको छ ।

बलिउडका किङ खान शाहरुख   धेरै लामो समयदेखी संघर्ष गरिरहेका छन् । उनको चलचित्रले बक्स अफिसमा गरेको   कलेक्शनले पनि सो कुरालाई प्रस्टाउदछ ।   शाहरुखलाई आफ्नो अभिनय र पात्र  अनुसारको भुमिकाले बलिउडमा बादशाह बनाएको हो । अघिल्लो २ बर्षमा उनको यो 'पपुलारिटि' र उत्साह कम हुदै गएको देखिन्छ ।

बलिउडका भाईजान सलमान लोकप्रियतामा शाहरुख भन्दा कम छैन ।  उनको लोकप्रियताकै कारण उनको चलचित्र हेर्न लामो लाइन लागेर टिकट लिने गर्दछन् । युवा पुस्ता उनको ठूलो प्रशंसक हुन् । अविवाहित भएको कारण पनि उनि मिडियामा छाउने गर्दछन् ।  उनको हालै रिलीज भएको चलचित्र 'ट्यूबलाइट' बक्स हफिस अफिसमा नराम्रोसँग फ्लप भयो । चलचित्र यतिसम्म  फ्लप भयो कि उनले वितरकलाई गोजिबाट पैसा निकालेर दिनु पर्‍यो ।

सलमान  चलचित्र पृष्ठभूमि भएका परिवारका हुन् ।  उनको बलिउड यात्रा शाहरुखको  जतिको संघर्षशिल छैन ।  उनले अभिनयको सुरुवात सहयोगि अभिनेताको रुपमा चलचित्र ‘बीवी हो तो ऐसी' बाट गरे । सन् १९८९ मा सलमानले मुख्य भुमिकामा चलचित्र  "मेने प्यार किया' बाट पहिचान बनाउन सफल भए । उनले चलचित्र ‘अन्दाज अपना-अपना’ र ‘हम आपके हे कोन’ बाट स्टारडम पाए ।

शाहरुखलाई बलिउडमा यशराज ब्यानरको सहयोग मिल्यो भने सलमानलाई  राजश्री प्रोडक्शन्सको । सलमान निर्माताका लागि कहिले घाटाको विषय बनेन् ।  उनका नामले सधै ब्राण्डको काम गर्‍यो   ।  सलमान सम्पत्ति बनाउने मामिलामा भने  शाहरुख भन्दा पछि रहेका छन् ।  उनको आर्थिक मुद्दा अझै पनि आफ्नो पिता सलिम खान हेर्छन् ।  सलमानसँग मुम्बईमा दुई बंगला , पनवेलमा फार्म हाउस र कयौ  विलासि गाडि रहेका छन् ।  उनको प्रोडक्शन कम्पनी पनि रहेको छ । 


शाहरुखको जन्म  बलिउड  पृष्ठभूमि नभएको परिवारमा भएको हो ।  चलचित्र यात्राको सुरुवात उनले  ‘दीवाना’ बाट गरेका हुन् । उनको सो चलचित्र सुपरहिट भएको थियो । चलचित्र उनको करियरको लागि सम्झन  लागक बन्यो । स्टारको रुपमा पहिचान  बनाउन शाहरुखका तीन पाटाहरु छन् । 

पहिले उनले सन् १९९२ मा चलचित्र "दिल आशना हे' पाए , जसले उनलाई मुख्य अभिनेताको रुपामा  दर्शक माझ चिनायो  । त्यसै बर्ष  "बाजीगर' ले उनलाई राम्रो अभिनेताको रुपमा पहिचान दिलायो ।  ‘दिलवाले दुल्हनिया...’ ले उनलाई सधै सम्झि रहने नायक बनायो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ