arrow

रोचक राष्ट्रिय लिग, मनाङ र थ्रीस्टारको अन्तिम भिडन्त निर्णायक, आर्मीको सम्भावना जिवित

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1471561223.jpeg

काठमाडौं । रेडबुल राष्ट्रिय लिग फुटबल अन्तिम समयमा आएर रोचक बन्दै गएको छ । प्रतियोगिताको उपाधि छिनोफानो समेत अन्तिम खेलबाटै टुंगो लाग्ने भएको छ ।
असोज ३० गते शनिबार हुने मनाङ–मर्स्याङ्दी र थ्रीस्टार क्लवबीचको खेलबाटै उपाधि छिनोफानो हुने भएको हो । शीर्ष स्थानमा रहेको थ्रीस्टारको १५ खेलबाट ३२ अंक छ । दास्रो स्थानमा रहेको मनाङको समान खेलबाट ३१ अंक छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मनाङले १५ औं खेलमा नेपाल पुलिस क्लवलाई १–० ले हरायो । ५१औं मिनेटमा निर्णायक गोल गरेका अनिल गुरुङले नै मनाङको उपाधि यात्रा तय गरे । उनी म्यान अफ द म्याच समेत भए ।

१५ खेलबाट ३० अंक जोडेको त्रिभुवन आर्मी समेत उपाधि होडमै छ । आर्मीले आफ्नो अन्तिम खेल शुक्रबार पुलिससँग खेल्नेछ । शुक्रबार आर्मीले जित हासिल गरेको खण्डमा शनिबार थ्रीस्टार र मनाङ बराबरीमा रोकिए आर्मीले उपाधि जित्ने सम्भावना रहन्छ ।

लिगमा बिहीबार शीर्ष चार भित्र पर्न झापा–११ र सशस्त्र प्रहरी बल भिड्दै छन् । झापाको १५ खेलबाट २४ अंक छ भने सशस्त्रको समान खेलबाट २३ अंक छ । रोचक लिगमा मोफसलका झापा बाहेक तीन टिमले शीर्ष चार मुनि रहेर लिग सक्काएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ